कोभिड–१९ खोपको राजनीति

,   लिम्बुवान न्युज
                       

  • भानु भट्टराई

विश्व हाल कोरोना महामारीको चपेटामा गुज्रिरहेको छ । संसारभरि कोरोना भाइरसले धेरै मानिसको ज्यान लिई सकेको छ । कोरोनाको कारण विश्वको उद्योग, व्यापार, पर्यटन, शिक्षा र रोजगारीमा ठूलो संकट सृजना भएको छ । कोरोनालाई जित्न संसारभरि अनेकन उपायको खोजी कार्य जारी राखिएको छ । महामारीका कारण अकालमा लाखौं लाख मानिसले ज्यान गुमाइरहेका छन् ।

कोरोना भाइरस सर्वप्रथम चीनको बुहान सहरमा सन् २०१९ को अन्त्यमा देखा परेको थियो । बुहान सहर चीनको एक व्यस्त सहर हो जहाँ एक करोड दस लाख मानिसको बसोबास छ । बुहान सहरमा सन् २०२० काे जुनमा कोरोना भाइरसको जीवाणु देखिएको पुष्टि भएको समाचार चीनको राष्ट्रिय समाचार एजेन्सी सिन्हाले प्रकाशित गरेको थियो ।

चीनको बुहान सहर कोरोनाको उदगम स्थल भएको पुष्टि भए पछि विश्व स्वास्थ्य संगठनले २०२१ को जनवरीमा एक अनुसन्धान टोली बुहान पठाएको थियो । लामो अनुसन्धान पछी विश्व स्वास्थ्य संगठनले कोरोनाको उत्पति बुहानबाट नै भएको प्रष्ट पार्यो र त्यसको निर्दिष्ट ठाउँ पत्तो लगाउन WHO ले आफ्नो अनुसन्धान अगाडि बढाउने निर्णय गर्यो तर चीनले विश्व स्वास्थ्य संगठन उक्त स्थानमा अनुसन्धानलाई थप अगाडि नबढाउन निर्देशन गर्यो र अनुसन्धान गर्न रोक लगायो।

सन् २०१९ मा देखापरेको कोरोना भाइरसले संसारका सबै राष्ट्रलाई घाइते पारेको छ । संसार भरिका मानिसलाई आतङ्कित पारेको छ । संसारको विकास निर्माण लाई नै घायल पार्दै यसको रोकथामको उपायको खोजीमा विश्वलाई अग्रसर गराएको छ ।

कोरोनाले संसारलाई आतङ्कित पारी रहेको यो विषम परिस्थितिमा संसारका शक्ति राष्ट्रहरु यही महामारीलाई आफ्नो व्यापार वृद्धिको अवसरको रूपमा लिएको देखिएको छ । भाइरसको रोकथामको लागि आवश्यक स्वास्थ्य सामाग्री माक्स, पीपी लगायतका सामाग्री उत्पादन गरी विश्व बजारमा आफ्नो व्यापार व्यवसाय वृद्धि गर्न विकसित राष्ट्रहरू सक्रिय भएको पाइएको छ । लामो अनुसन्धान र खोज पछि भाइरसको रोकथामको लागि विकसित राष्ट्रहरूले खोपको आविष्कार गरेका छन् । चीनले पनि भाइरस विरुद्धको खोपको आविष्कार गरेको छ ।

चीनले संसारका देशहरूलाई खोपको माध्यमबाट आफ्नो अनुकुल बनाउने कुटनैतिक रणनिती अघि बढाएको छ । चीनमा अध्ययन गर्न जाने विद्यार्थीहरु र चीन प्रवेश गर्ने पर्यटकलाई चीनमा नै निर्मित खोप लगाएको हुनु पर्ने भनी बाध्यकारी नियम बनाएको छ र यो नियमले संसारबाट चीन अध्ययन गर्न जाने विद्यार्थी र अन्य कामको लागि चीन जाने मानिसलाई मानसिक दबाब परेको छ । गरीब देसलाई सुरु सुरुमा अनुदानमा खोप उपलब्ध गराउने र पछी त्यो अनुदानको खोपको मूल्य समेतको लागत भरपूर हुने गरी खोपको लागत कायम गरी गरीब राष्ट्रलाई घुँडा टेकाउने नीति लिएको जानकारहरूको विश्लेषण छ । खोपको माध्यमबाट अप्रत्यक्ष रुपमा विश्व अर्थतन्त्र आफ्नो अनुकुल बनाउन चीन अहोरात्र सक्रिय रहेको बुझिएको छ ।

विश्वका विकसित राष्ट्रहरू कोरोना भाइरसलाई अवसर र चुनौतीको रुपमा लिँदै खोपको माध्यमबाट विश्व अर्थतन्त्र आफ्नो अनुकुल बनाउन सक्रिय भएको सर्वत्र अनुभूति गरिएको छ।

लेखकः संघीय लिम्बुवान मञ्च, नेपालका प्रान्तीय उपमहासचिव हुन्

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;