झापामा लिम्बुवान मञ्चले क्रियासिल फाराम वितरण आजबाट गर्‍यो शुरु

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, ५ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले शनिबारबाट क्रियासिल फाराम वितरण शुरु गरेको छ । शनिबार झापाको शिवसताक्षी दुधेमा एक कार्यक्रम गर्दै क्रियासिल सदस्यता फाराम वितरण गर्न शुरु गरेको हो ।

मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु, प्रान्तीय महासचिव शान्ता योङहाङ, उपमहासचिवहरु दिल कुमार लावती, भानु भट्टराई, प्रान्तीय सचिव विष्णु भट्टराई, सचिवलाय सदस्यहरु भक्त मेन्याङबो, बलनाथ नाल्बो, भिम सुनुवार लगायत नेताहरुले आ–आफ्ना विचारहरु राखेका थिए ।

क्रियासिल फाराम वितरण कार्यक्रममा तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाका १५ वटै स्थानीय पालिकाका अध्यक्षहरुको उपस्थितिमा सबै पालिकाहरुलाई क्रियासिल फाराम वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष इम्बुङले जिल्लामा सबै स्थानीय तहका नेताहरुले तिब्र रुपमा पार्टीको क्रियासिल कार्ड वितरण गर्न आग्रह गरेका छन् । उनले यतिबेला देशमा राजनीतिक उथपुथल भईरहेको ठूला पार्टीहरु फुट्नेक्रममा रहेको हुँदा अब सबै नेताज्यूहरुलाई सक्रिय भईदिन अपिल गरेका छन् ।

त्यसैगरी झापामा सबै पालिकाहरुबाट कम्तिमा १५ हजार क्रियासिल सदस्य बनाउने लक्ष्यका साथ काम अघि बढेको उपमहासचिव तथा जिल्ला इन्चार्ज भट्टराईले बताएका छन् ।

कार्यक्रम जिल्ला अध्यक्ष धनबहादुर पन्धाकको सभाध्यक्षतामा भएको थियो भने संचालन जिल्ला सचिव राज आङ्थुपो र स्वागत मन्तव्य शिवसताक्षी नगरका अध्यक्ष प्रकाश लिङ्देनले गरेका थिए ।

कार्यक्रममा लिम्बुुवान भोलेन्टियर्सका केन्द्रीय उपकमाण्डरहरु, जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरु, क्षेत्र, नगरका नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...