
मोरङ, ९ भदौं । मोरङको विराटनगर १२ स्थित बखरीबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १७ का ३० बर्षीय मोहमद अम्जाद अली हुन् ।
शनिबार बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा भारतको जोगवनीबाट ल्याइएको इफेक्स ५ कार्टुन, इक्रोसर्ट १ कार्टुन र एनविलोक्स ७ कार्टुन प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका अलीलाई आज औषधी सहित आबश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाईएको छ ।
इफेक्स ५ कार्टुनमा ३६० पिस, इक्रोसर्ट १ कार्टुनमा १८ पिस र एनविलोक्स ७ कार्टुनमा ५०४ पिस गरी जम्मा ८८२ पिस प्रतिबन्धित औषधी विभागमा पठाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आफ्नो सामाजिक संजाल फेसबुक पेजबाट जनाएको छ ।