एकीकृत समाजवादी पार्टी निकट प्रेस संगठनको संयोजकमा शम्भु श्रेष्ठ

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ । सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको हो ।

दृष्टि साप्ताहिकका सम्पादक रहेका श्रेष्ठ प्रेस चौतारी नेपालको संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका छन् । समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको छ ।

भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा विजय पौडेल, वरिष्ठ पत्रकार चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ लगायत उपस्थित थिए । (दृष्टि अनलाइनबाट)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...