नेपाली कांग्रेस झापाको वडा अधिवेशन एक दिन पछि धकेलियो

 लिम्बुवान न्युज
                       

झापा, १५ भदौ । आन्तरिक व्यवस्थापनमा समय अभाव भएको कारण देखाउँदै नेपाली कांग्रेसले झापामा वडा अधिवेशन एक दिन पछि धकेलिएको छ ।

नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाइँले आजको कांग्रेस बैठकले गाउँ गाउँमा चुनावको व्यवस्थापनमा थप समय चाहिएको हुँदा भदौ १९ गते सो अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । पूर्व निर्धारित तिथि अनुसार भदौ १८ गते वडा अधिवेशन हुनुपर्ने हो ।

प्रचार विभाग प्रमुख हुमागाईका अनुसार प्राविधिक समस्याका कारण भदौ १८ गते मतदान केन्द्र निर्माणको काम सुरु हुने समेत बताए । अन्य व्यवस्थापनको सबै काम समेत सम्पन्न भईसकेको उनले बताए ।

केन्द्रबाट खटिएर आएका निर्वाचन अधिकृत सुबोधबाबु चिलवालको प्रमुख आतिथ्य र जिल्ला सभापति उद्वव थापाको सभापतित्वमा आज विर्तामोडमा कांग्रेसको जिल्ला विस्तारित बैठक बसेको थियो । सोही बैठकले १८ गतेको वडाअधिवेशन एक दिन पछि सरेको निर्णय भएको हो ।

नेपाली कांग्रेस झापाको निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन र नेपाल शिक्षक संघ आबद्ध पदाधिकारी–सदस्यहरुलाई निर्वाचन–मतदान अधिकृतको रुपमा केन्द्रीय निर्देशन अनुरुप खटाइने भएको छ ।

निर्वाचन समितिले झापाको १३१ वडाकै मतदान केन्द्रका लागि अधिकृत समेत तोकिसकेको जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...