मोरङका जनप्रतिनिधिको जिवनी सहितको पुस्तक सार्वजनिक

 लिम्बुवान न्युज
                       


दमक, २१ साउन । मोरङको पथरीशनिश्चरे नगरलाई आफ्नो कर्मक्षेत्र बनाएर विभिन्न विषयमा पुस्तकहरू प्रकाशित गर्दै आएका यूवा लेखक दिपेन्द्र तिमिल्सिनाले पूनः अर्को ९औं खोजमूलक पुस्तक सार्वजनिक गरेका छन् ।
दैनिक १० देखि १५ किलोमिटर पैदल हिडेर जिल्लाका विभिन्न पालिकाका वडा–वडा पुगेका लेखक तिम्सिनाले मोरङका १७ वटा पालिकाका १७ जना नवनिर्वाचित प्रमुख÷उप प्रमुख तथा १ सय ५९ जना वडाध्यक्षहरुलाई भेटेर जिवनी लेखेका हुन् ।
लामो समय पत्रकारिता गरेका लेखक तिमिल्सिनाले जिल्लाका ६, सय ३६ जना वडा सदस्यहरुको तथ्यांक संकलन पनि गरेका छन् । मुख्य पूर्व – पश्चिम राजमार्ग खण्डमा मात्रै सवारीसाधन प्रयोग गर्ने तर बाईक वा अन्य कुनै पनि सावारी साधनहरू नचढी बैशाख–जेठ महिनाको टन्टलापुर घाम र गर्मी सँगै बर्षाको झरीसँगै पुस्तकका विषयवस्तु संकलन गरेका अविस्मरणीय क्षणहरु जिन्दगीको यादगार भएको बताए ।
उनले पुस्तक तयारीका क्रममा कतिपय पालिकाका वडा कार्यालयहरू अहिले पनि सरकारी विद्यालय वा सामुदायिक वनमा समेत रहेको भेटाएका छन् । यसैगरी, अव्यवस्थित जग्गा प्लटिङ्ले जिल्लाका अधिकांश पालिकाहरूमा बर्खायाममा खोला किनारामा मात्र हैन; सुविधासम्पन्न बजारमै ठुलो डुवान हुने गरेको पाईएको छ ।
पुस्तक तयारीका लागि केही पालिकाका वडाध्यक्षले वडाध्यक्ष पदमा निर्वाचित भए पनि आफ्नो अधिकार र काम–कर्तव्यका बारेमा केही थाहा नभएको पनि पाएको बताए । यस अघिका मोरङका ८ जना प्रधानमन्त्रीहरुले सत्ता सम्हाली सकेको यो मोरङ जिल्लामा २०४९ र २०५४ सालमा तत्कालिन ६५ वटा गाविस अध्यक्षहरु थिए ।
पुस्तक भित्र लेखक तिमिल्सिनाले मोरङमा माओवादी जनयूद्ध तथा अन्य जनआन्दोलनमा मारिएकाहरुको विवरणहरु उल्लेख गरेका छन् । लेखक तिमिल्सिनाले पुस्तकभित्र माओवादी द्वन्द्वकालमा बेपत्ता हुनेहरु, सरकार पक्ष र माओवादी पक्षबाट मारिएकाहरुको विवरण, मोरङका प्रमुख जिल्ला अधिकारीहरु, मोरङबाट केन्द्रीय सरकारमा मन्त्री हुनेहरु, २०१५ सालदेखि २०७४ सालसम्मका प्रत्येक निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु, जिल्ला बिकास समिति, जिल्ला समन्वय समितिका सभापति÷अध्यक्षहरु समेतको विवरणहरु राखेका छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...