च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा

 लिम्बुवान न्युज
                       

कियाचु लिम्बू साँस्कृतिक परिषदको पहलमा च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा पुगेकाे छ । फेदाप इसेबुङ तेह्रथुमको सुन्दर पर्यटकीय क्षेत्र इसेबुङमा लिम्बुहरुको बाजा के (च्याब्रुङ) को स्तम्भ तथा साँस्कृतिक संग्रहालय निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ ।

किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद इसेबुङको अगुवाइमा साविक इसिबु ३ मा निर्माण भइरहेको उक्त स्तम्भ र संग्रहालयको आगामी चासोक तङनामको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ह्यात्रुङ झरनाको आकर्षण संगै यो च्याब्रुङ स्तम्भले इसेबुङमा पर्यटकीय आकर्षणको एउटा इटा थपिएको छ ।

के अर्थात च्याब्रुङ लिम्बुहरुको मौलिक बाजा हो । यो बाजा लिम्बू संस्कृतिको शुभ कार्यहरू बिबाह, घर बसाइ, तथा विभिन्न उत्सवहरुमा नाच्दै बजाउने प्रचलन रहेको छ । इसेबुङ स्थित देश बिदेशमा रहनुभएका समाजसेवी व्यक्तित्वहरुको सहयोगमा निर्माण भइरहेको स्तम्भ र संग्रहालयको अभियान संयोजक चइनध्वज फोम्बोले संयोजन गरिरहनु भएको छ । उहाका अनुसार निर्माण कार्यको सम्पुर्ण लागत रु २० लाख सम्म रहने छ । उक्त रकम संकलन कार्य जारी रहेको फोम्बोले बताउनु भयो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...