दमकमा भुमिहिन, सुकुम्बासीहरुलाई निस्सा वितरण आजबाट शुरु

 लिम्बुवान न्युज
                       


दमक नगरपालीका वडा नम्बर १ का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई आज धनिपुर्जाको निस्सा वितरण गरिएको छ । स्थानिय नवदुर्गा मन्दिरमा आज एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराईले वडा भित्र रहेका भुमिहिनहरुलाई धनिपुर्जाको निस्सा वितरण गर्नु भएको हो ।
दमक वडा नम्बर १ का वडा अध्यक्ष हरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा भुमिहिनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले आफुहरु निर्वाचित भएर आए देखीनै पहिलो प्रथमिकतामा राखेर भुमिहिनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको बताउनु भयो । निर्वाचन ताका गरेको वाचा अनुसार द्रुत गतिमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब केहिदिनमै धनिपुर्जा समेत उपलब्ध गराईने उहाँले बताउनु भयो । अघिल्ला जनप्रतिनिधिले यसमा कुनै काम नगरेकाले केहि समय लागेको भन्दै नगर प्रमुख थापाले अब द्रुत गतिमा काम हुने बताउनु भयो । त्यसैगरी नगर उप प्रमुख भट्टराईले भुमिहिनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफुहरु लागि परेको बताउनु भयो । प्राबिधिक कामले केहि ढिलाई भए पनि आगामी संघिय निर्वाचन अघिनै धनिपुर्जा उपलब्ध गराउने गरी आफुहरुले काम गरिरहेको उहाँले बताउनु भयो । कार्यक्रममा र राष्ट्रिय भुमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनिपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका दमक नगर सभापती प्रकास प्रसाईंले आयोगको काम अघि बढाउन राजनैतिक दलहरुको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । दमकबाट भुमिहिन समस्या सदाका लागी अन्त्य गर्ने गरी नगरपालीकाले काम गर्नु पर्ने उहाँले बताउनु भयो । वडा भित्र हाल सम्म दर्ता रहेका ८४७ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको वडाअध्यक्ष न्यौपानेले बताउनु भयो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...