दमकमा श्रीकृष्ण रथयात्रा सम्पन्न

 लिम्बुवान न्युज
                       

श्रीकृष्ण प्रकाट्य भएको खुशीयालीमा दमकमा शनिबार अपरान्ह बृहत रथयात्रा निकालिएको छ । श्रीकृष्ण रथयात्रा समितिको मुख्य आयोजनामा दमकका दर्जन बढी सामाजिक तथा धार्मिक एवं जातजाती सम्बद्ध समुहको सक्रिय सहभागितामा निकालिएको रथयात्रामा करिब एक हजार बढी मानिसहरु सहभागी भएका अनुमान गरिएको छ ।

रथयात्रामा सहभागीहरुलाई दमकको भृकुटी चोकमा भेला भएका स्थानीय जाल्पादेवी किर्तनमण्डली परिवारले भव्य स्वागत गर्दै श्रीकृष्णको आरतीमा सहभागिता जनाएको थियो । सर्वसाधारणले पुष्पबृष्टी गराएर रथयात्रालाई स्वागत गरेका छन ।

भगवान श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेर विजयी हासिल गरेकाले कृष्णको स्मरण गराउन रथयात्रा निकाल्ने गरिन्छ । सर्वसाधारणहरु ठुलो संख्यामा आफनो नियमित कामकाज छोडेर यो यात्रामा सहभागी हुने गर्छन । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;