फाल्गुनन्दका जीवित चेला इङनाम अस्वस्थ्य

 लिम्बुवान न्युज
                       

झापा, ९ भदाैं । जातीय मुक्तिका अग्रणी नेता तथा किरात महागुरु फाल्गुनन्दका एकमात्र जीवित चेला बलिराज इङ्नाम अस्वास्थ भएका छन् ।

उमेरले ९५ वर्ष पार गरेका इङ्नाम दुइ महिनाअघिबाट खाना नरुच्ने, मधुमेह बढेको कारण अस्वास्थ हुन पुगेका हुन् ।

अस्पतालको केही बसाईपछि हाल इङ्नाम आफ्नै निवास अर्जुनधारा ११ सालबारी स्थित स्वास्थ लाभ गर्दै बसेका छन् ।

तेह्रथुमको आठराईबाट २०१८ सालमा झापाको शनिश्चरे आई बसेका इङ्नाम शनिश्चरे गाउँ पञ्चायत समितिका २ कार्यकाल वडाध्यक्ष भएर जनसेवक बने ।

पञ्चायतकालमै बुटन चौधरी हत्याकाण्डसँगै उनलाई पनि छप्काउन आएको बेला बालबाल बचेका इङ्नाम इमान्दार लिडर स्वाभाका थिए ।

कसैसँग नझुक्ने भएको हुँदा २०२८ सालको हत्याकाण्ड बारे उनीसँग प्रशस्तै स्मरण छ । त्यस्तै उनी २०४६ सालको जनआन्दोलनपछि जातीय मुक्ति, राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय जनमुक्ति पार्टीमार्फत जनताको सेवामा अगाडि बढे ।

२ पटक संसदीय निर्वाचनमा समेत जनमुक्ति पार्टीको चुनाव चिन्ह घर लिएर उठ्दा धेरैको साथ पाएको उनी सम्झन्छन् ।

लेखक तथा पत्रकार कुमार भट्टराई बलिराज इङ्नाम घर चिन्हमा उम्मेद्वार हुँदा आफूले पनि पोष्टरिङ गर्न सहयोग गरेको सम्झन्छन् ।

त्यसबेला इङ्नामले विजय हाँसिल गर्न नसके पनि मत भने प्रशस्त प्राप्त गरेका थिए । उनको उपचार पश्चात घरैमा सेवा गर्दै बसेका छोरा वाईबी इङ्नाम भन्छन्, ‘किरात धर्म र जनमुक्ति पार्टीमा बुबाले गरेको योगदान अतुलनीय छ ।’

काटमार हत्या, हिंसा जस्ता कार्यलाई बढवा दिनु नहुने तर्क राख्दै विभिन्न क्षेत्रमा आफ्ना विचार राख्दै हिंडेका बलिराज माङ्सेबुङमा हुने विभिन्न धार्मिक कार्यक्रममा पनि आफ्ना विचार राख्दै आएका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...