आज साउन २२ गते लिम्बुवानमा ठप्प

 लिम्बुवान न्युज
                       

दमक, २२ साउन । बि.स. १८३१ को सन्धिलाई लिएर बिगत १५ वर्षदेखि साउन २२ गतेलाई कालो दिनको रुपमा बन्द गराउदै आएको राष्ट्रिय जनमुक्ति पार्टी सहितको लिम्बुवान बन्द पुर्ण रुपमा ठप्प भएको छ ।

आज साउन २२ गते सामबार आह्वान गरेको बन्द अघिल्लो दिन विभिन्न प्रमुख शहरहरुमा माईकिङ पर्चा पम्प्लेट गर्दै बिहान चारै बजेदेखि नै आन्दोलनकारीहरुले टायर बालेर बन्द गरेका थिए । राष्ट्रिय जनमुक्ति पार्टी सहित संघिय लिम्बुवान पार्टी नेपाल, संघिय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति (लो.स.पा.) लिम्बुवान राष्ट्रिय मोर्चा, किरात खम्बुवान राज्य परिषद,किरात लिम्बुवान राज्य परिषद घटकले बन्दको आह्वान गरेका थिए ।

आजको बन्दले प्रदेश १ का मुख्य शहरहरु विराटनगर, धरान, इटहरी, दमक, विर्तामोड, उर्लाबारी, पथरी, कारभिट्टा लगायत पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ्, पाँचथर र इलाम जिल्ला सदमुकाममा समेत बन्दको प्रभाव परेको थियो । त्यसैगरी लामो दुरी र छोटो दुरीका सवारीसाधनहरु समेत बन्द भएको जनाइएको छ । बन्द कर्ताले चार बजे नै मुख्य सडकहरुमा निस्किएर टायर बाल्ने, सवारीसाधनहरु नचलाउन अनुरोध गरेका थिए ।

१८३१ को सन्धिको जगमा देश पुर्ण संघीयताम्क जानुपर्ने र संगसंंगै लिम्बुवान स्वायत्त राज्य हुनुपर्छ भन्ने उद्देश्यले बन्दको आह्वान गरेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले बताए । उनले यो सन्धिलाई कालो दिनको रुपमा २०६६ साल साउन २२ गतेदेखि बन्द गर्दै आएको बताए । गोर्खा राज्यको विस्तारसंगै स्वतन्त्र राज्य लिम्बुवान युद्ध हुँदा दुबै पक्षको हारजित नभएको उनले बताए । यसरी दुबै पक्ष सन्धि हुँदा जालझेल गरेको दिन नै साउन २२ रहेको बताए । स्वतन्त्र लिम्बुवान जालझेलगरि गोर्खा राज्यमा गाभिएको दिन नै कालो दिन भएको बताए । पालुङ्बाले जबसम्म सम्बोधन हुदैन तबसम्म साउन २२ गते बन्द हुने बताए ।

यसपटकको बन्दमा पहिचानवादि सबै एक भएका छन् । हाल प्रदेश १ को नाम कोशी खारेजीको लागि आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिमा आबद्ध अन्य पहिचानवादी दलहरुले समेत बन्दको एकबद्धता जनाएको जनमुक्तिले जनाएको छ । प्रदेश १ को नाम पहिचान बिरोधि राखिएको भन्दै यस अघिदेखि नै प्रदेश १मा आन्दोलन निरन्तर चलिरहेको छ ।

 

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...