जनमुक्तिसँग मिले दुई लिम्बुवानजन्य पार्टी

,   लिम्बुवान न्युज
                       

दमक, १८ साउन । राष्ट्रिय जनमुक्ति पार्टीसँग दुईवटा लिम्बुवान जन्य पार्टीहरु बिच एकता भएको छ । बिहीबार विर्तामोडमा जनमुक्तिसँग सङ्घीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबिच एकता भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले विचार र मुद्दा मिल्ने तीन पार्टीबिच एकीकरण गरिएको बताएका छन् । तीन पार्टी एकीकरण भई ‘नेपाल जनमुक्ति पार्टी (नेजपा)’ गठन गरिएको उनले बताए । “पहिचानको मुद्दालाई स्थापित गर्न हामी एकीकृत भएका छौँ”, उनले भने, “हालसम्म प्राप्त भएका उपलब्धिको रक्षा गर्दै संविधान संशोधनसहित पुनःलेखन गर्न दबाबमूलक कार्यक्रम गर्छौं ।”
६ बुँदे सहमतिका साथ बनेको नेपाल जनमुक्ति पार्टीको निर्वाचन आयोगमा ९९ नम्बरमा दर्ता भएको नेजपाका नेता सञ्जुहाङ पालुङ्वाले जानकारी दिए । उनले ठूला दलले बेवास्ता गर्दा पहिचानको मुद्दा ओझेलमा परेकाले तीन पार्टी एकीकृत भएर सो मुद्दा पुनः उठाउने धारणा राखे ।
त्यसैगरी पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष भक्त खेवाङले पहिचानको मुद्दालाई जातिवादी हिसाबले अपव्याख्या गरिएको गुनासो गरे । “पहिचानबारे धेरैलाई थाहा छैन । यो सबै जातजाति, भूगोल, भाषाभाषी र इतिहासको कुरा हो । सोहीअनुसार बुझाउन आवश्यक छ”, उनले भने ।
तीन पार्टीबिच २०८० मङ्सिर १९ गते तीन बुँदे सहमति भई पार्टी एकता घोषणा भएकामा गत वैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले सहमति अनुमोदन गत जेठ २९ गते निर्वाचन आयोगमा अध्यावधिक गरिएको थियो ।
एकतापछि पार्टीको संरक्षक एमएस थापा, संस्थापक सदस्य रामबहादुर तुम्बाहाङफे, वरिष्ठ नेता डिके बुद्धिष्ट, अध्यक्ष केपी पालुङ्वा, कार्यकारी अध्यक्ष केशव सूर्यवंशी र बाँकी अन्यको हकमा तत्कालीन पदाधिकारी र सदस्यको जिम्मेवारी यथावत रहेको जनाइएको छ ।
यस्तै, पार्टी नेता सञ्जुहाङ पोलुङ्वा, उपाध्यक्ष भक्त खेवाङ, केन्द्रीय सदस्यमा लासिम पालुङवा, एलवि पालुङ्वा, राजकुमार नाल्बो, भीम खत्री, दिनेश माबो, साधना फागो, इन्दिरा धौराली, मकल साँवा, उमा मगर, आशा लिम्बू र सुकमाया लिम्बू रहेको पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;