दमक नगरपालिकाले आफ्नो नम्बरी जग्गा हडप्न खोजेको चाम्लिङको आरोप

,   लिम्बुवान न्युज
                       

दमक, १९ साउन । झापाको दमक ७स्थित हाटखोला निवासी प्रविण राई चाम्लिङले दमक नगरपालिकाले बलजफती गरि आफनो नम्बरी जग्गा हड्प्न खोजेको आरोप लगाएका छन् । राजनीति तथा सामाजिक व्यक्तित्व चाम्लिङले आज दमकमा एक पत्रकार सम्मेलन गरि जिल्ला अदालत झापामा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा एकाएक सयौंको संख्यामा सुरक्षाकर्मीहरु ल्याएर धाकधम्कीका साथ जर्वजस्ती बाटो कायम गर्न खोजेकोमा आपत्ति जनाएका हुन् ।

२०६७ सालमा खरिद गरी आफनो श्रीमती सुनिता राईको नाममा कायम रहेको साविक ६(ख) कित्ता नम्बर ३४४६० को २ कठ्ठा जग्गामा बाटो भएको भन्दैं नगरपालिकाको न्यायिक समितिले गत जेठ २१ गते एक्लौटी रुपमा फैसला गरेको चाम्लिङको आरोप छ ।

फैसला विरुद्ध नगरपालिकाले पुनरावलोकन गर्ने समय नदिएको बताउदै यसरी राजनीतिक पूर्वाग्रहका आधारमा स्थानीय सरकारले देखाएको यस किसिमको हर्कत स्वभाविक नभएको उनले सुनाए । जनताको जीउधनको सुरक्षामा चासो दिनुपर्ने भएपनि उल्टै त्रसित बनाउने कार्य गरिआएको घटनाले आफूहरु असुरक्षित हुनुपरेको विज्ञप्ति मार्फत उनले गुनासो गरेका छन् ।

विहीबार प्रहरीलाई जर्वजस्ती नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटटराई प्रसाई, वडाअध्यक्ष भीमप्रसाद पौडेलसहित इलाका प्रहरी कार्यालयका डिएसपी निशान थापा सहित, शसस्त्र प्रहरी र नगर प्रहरी ठुलो संख्यामा आएका टोलीले राईको नम्बरी जमीनमा बाटो खुलाएका थिए । बाटो खुलाउन खोज्दा त्यहाँ दुईपक्षीय विवाद चर्किएर दिनभरि तनाब भएको थियो ।

राईले नगरपालिकाको फैसाला विरुद्ध गत जेठ ३० गते जिल्ला अदालत झापामा पुनरावेदन गरेका छन् । राईले न्यायिक समितिको फैसला त्रुटिपूर्ण भएको र सो जमीनमा कुनै पनि सार्वजनिक बाटो नभएको दावी गरेका छन् । आफनो परिवारले खरिद गरेको नम्बरी जग्गामा आफनो हित नचाहने केहि व्यक्तिको उजुरीका आधारमा बाटो रहेको फैसला गरेपनि नक्सामा बाटो समेत नभएकाले सो जमीन आफनो पक्षमा सम्मानित अदालतबाट न्याय पाउने उल्लेख गरेका छन् ।

सो मुद्दाको साउन २१ गते तारिक तोकिएको उनको भनाई छ ।

विज्ञप्ति तल हेर्नुहोस्

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;