दमक हाेटल व्यवसायी संघले चुम्याे वस्तुगत फुटसलकाे उपाधी

,   लिम्बुवान न्युज
                       

दमक, ७ भदौ/  दमक उद्योग वाणिज्य संघको ३४औं स्थापना दिवसको अवसरमा आयाेजित  दोस्रो अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताकाे उपाधि होटल व्यवसायी संघले हात पारेकाे छ ।

प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा निर्माण व्यवसायी संघको टिमलाई पराजित गर्दै होटल व्यवसायी संघले उपाधि जित्न सफल भएको हो । उसले ३३ हजार ३ सय ३३ नगद र कप पुरस्कार हात पार्यो । उपविजेता निर्माण व्यवसायीले २२ हजार २ सय २२ रुपैयाँ नगद सहितको पुरस्कार प्राप्त गर्यो ।

विजेता टिमका सुजन राईलाई उत्कृष्ठ खेलाडी घोषित गरी नगद ५ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । अनुशासित टिमको उपाधि कस्मेटिक तथा व्याग व्यवसायी संघले प्राप्त गर्यो । उसलाई ३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा वस्तुगत १२ र आयोजकको एउटा सहित दमकका १३ टिमको सहभागिता रहेको थियो

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;