याक्थुङ युवा मञ्चले गर्याे वर्णमाला सार्वजनिकः १३ बुँदे घाेषणापत्र जारी गर्दै तेस्राे केन्द्रीय परिषद बैठक सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक, १० भदाैं । याक्थुङ युवा मञ्च नेपाल, केन्द्रीय समितिले तयार गरेको ‘किरात सिरिजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ  ।

इलाममा सोमबार सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो ।

किरात सिरीजङ्गा लिपीको उन्नयन र विकासका लागि मञ्चले तयार पारेको वर्णमाला याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार एवम् किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिका अध्यक्ष मधुराज केरुङ, चुम्लुङ लिम्बुवान प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, कियाचु इलामका सल्लाहकार बखतबहादुर आङ्देम्बेलगायतले सामूहिक रूपमा सार्वजनिक गरे ।

वर्णमाला सार्वजनिक हुनु लिम्बू/याक्थुङ समुदायका लागि नयाँ इतिहास निर्माण भएको कियाचु प्रदेश अध्यक्ष केरुङले बताए ।

यसैगरी वक्ताहरुले युवाहरु परिवर्तनको संवाहक भएकाले सकारात्मक परिवर्तनमा लाग्न सुझाव दिएका छन् । उनीहरूले समाज र देश परिवर्तनका लागि युवाहरू अगाडी बढ्न जरुरी रहेको बताएका छन्  । निराश नभई अघि बढे एकदिन युवाहरूले अवश्य सफलता मिल्ने बताउँदै निरन्तर अघि बढ्न सुझाए ।

इलाम सदरमुकामस्थित फ्रेण्ड्स होटलको सभाहलमा सुरु भएको बैठकमा विभिन्न विषयमा छलफल, आगामी कार्ययोजना सहित १३ बुँदे इलाम घोषणापत्र जारी गर्दै तेस्राे केन्द्रीय परिषद बैठक सम्पन्न भएकाे मञ्चका अध्यक्ष इधिङ्गोले बताए ।

याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष इधिङ्गोको अध्यक्षमा सुरु भएक बैठकको स्वागत केन्द्रीय उपाध्यक्ष सुनिल आङ्बो र सञ्चालन केन्द्रीय सदस्य कुमार यवाले गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;