याक्थुङ युवा मञ्चले गर्याे वर्णमाला सार्वजनिकः १३ बुँदे घाेषणापत्र जारी गर्दै तेस्राे केन्द्रीय परिषद बैठक सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, १० भदाैं । याक्थुङ युवा मञ्च नेपाल, केन्द्रीय समितिले तयार गरेको ‘किरात सिरिजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ  ।

इलाममा सोमबार सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो ।

किरात सिरीजङ्गा लिपीको उन्नयन र विकासका लागि मञ्चले तयार पारेको वर्णमाला याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार एवम् किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिका अध्यक्ष मधुराज केरुङ, चुम्लुङ लिम्बुवान प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, कियाचु इलामका सल्लाहकार बखतबहादुर आङ्देम्बेलगायतले सामूहिक रूपमा सार्वजनिक गरे ।

वर्णमाला सार्वजनिक हुनु लिम्बू/याक्थुङ समुदायका लागि नयाँ इतिहास निर्माण भएको कियाचु प्रदेश अध्यक्ष केरुङले बताए ।

यसैगरी वक्ताहरुले युवाहरु परिवर्तनको संवाहक भएकाले सकारात्मक परिवर्तनमा लाग्न सुझाव दिएका छन् । उनीहरूले समाज र देश परिवर्तनका लागि युवाहरू अगाडी बढ्न जरुरी रहेको बताएका छन्  । निराश नभई अघि बढे एकदिन युवाहरूले अवश्य सफलता मिल्ने बताउँदै निरन्तर अघि बढ्न सुझाए ।

इलाम सदरमुकामस्थित फ्रेण्ड्स होटलको सभाहलमा सुरु भएको बैठकमा विभिन्न विषयमा छलफल, आगामी कार्ययोजना सहित १३ बुँदे इलाम घोषणापत्र जारी गर्दै तेस्राे केन्द्रीय परिषद बैठक सम्पन्न भएकाे मञ्चका अध्यक्ष इधिङ्गोले बताए ।

याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष इधिङ्गोको अध्यक्षमा सुरु भएक बैठकको स्वागत केन्द्रीय उपाध्यक्ष सुनिल आङ्बो र सञ्चालन केन्द्रीय सदस्य कुमार यवाले गरेका थिए ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...