मेयङलुङमा पालाम तथा नाँच प्रतियाेगिता सम्पन्नः फक्ताङलुङ या?राक् सयङ धरानले जित्याे प्रथम पुरस्कार

,   लिम्बुवान न्युज
                       

तेह्रथुम, १२ भदाैं । याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाँच पालाम तथा धान नाँच (याःलाङ)को संरक्षण गर्ने उद्देश्यले तेह्रथुम सदरमुकाम म्याङलुङमा पालाम तथा याःलाङ  प्रतियोगिता आयोजना गरिएको छ।

‘संस्कार सँस्कृतिको प्रवर्द्धन गरौं, लिम्बू पालाम् तथा या?लाःङ्लाई संरक्षण गरौं’ भन्ने नाराकासाथ कृष्ण जन्माष्टमी तथा लाखे जात्राको अवसरमा पालाम तथा धान नाँच प्रतियोगिता सम्पन्न भएको हो।

मंगलबार राती भएको प्रतियोगितामा नौ टोलीलाई पछि पार्दै फक्ताङलुङ या?राक् सयङ धरान विजेता बनेको छ।

पछिल्लो पुस्ताले बिर्सदै लगेको याक्थुङ (लिम्बू)हरुको संस्कृतिक धान नाँचको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको पालाम तथा याःलाङ प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार पताङवाले बताए।

याक्थुङ (लिम्बू) समाजमा मेला, बजार, विवाह जस्ता उस्ता उत्सव र अन्य कार्यहरुमा साइनो नलाग्ने तरुनी–तन्नेरी हात समाएर पालाम गाउँदै धान नाच्ने परम्परा छ। पछिल्लो समय युवा पुस्तामा हस्तान्तरण हुन नसक्दा धान नाच र धान नाचमा गाइने पालाम लोप हुने अवस्थामा पुगेको छ।

लिम्बुवान क्षेत्रमा परापूर्वकालदेखि याक्थुङ (लिम्बू) समुदायले धान नाच र पालामको संरक्षणकै लागि नगरपालिकाले प्रोत्साहन स्वरुप प्रतियोगिता सञ्चालन गर्न बजेट छुट्याएको म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताए। जिल्लाभित्र र बाहिरका गरी धाननाच प्रतियोगिताका सहभागि टोलीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न म्याङलुङ नगरपालिकाले यस वर्ष १ लाख ५० हजार रुपैंयाँ रकम विनियोजन गरेको नगरप्रमुख तुम्बाहाम्फेले बताए।

पश्चिमा संस्कृतिको प्रभाव र अन्य विभिन्न कारणले धान नाच र पालाम पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसकेको प्रतियोगिताका सहभागि छथर गाउँपालिका–२ का थानाहाङ तिगेलाले बताए। ‘पालामको भाकाहरु धेरै हुन्छन्, सुख–दुखका कार्यहरु र मेला बजारमा गाइने पालामका शब्दहरु फरक हुन्छन्’ तिगेलाले भने ‘पालामको भाका नै फरक–फरक हुने भएकाले पनि पछिल्ला युवा पुस्ताहरुले टिप्न नसकेका हुन्।’

यसरी आयोजना गरिने प्रतियोगितामा पालाममा अब्बल कलाकारहरु टाढा–टाढाबाट समेत आएर गाउँदा नयाँ पुस्ताले सिक्ने मौका पाउने धाननाच कार्यक्रमलाई अवलोकन गरिरहेकी म्याङलुङ–१ की कुमारी लिम्बुले बताइन्।

आफ्नो टिम विजेता बनेसँगै उत्साहित भएकी, विजेता टिम फक्ताङलुङ या?राक् सयङ धरानकी सदस्य राधा फोम्बोले प्रतियोगिताकै लागि आफ्नो जन्मस्थल समेत रहेको तेह्रथुम ३० वर्षपछि आएको बताइन्। प्रतियोगिताकै लागि यतिका बर्षपछि आफ्नो गृहजिल्ला आउन पाउँदा फोम्बोले खुसी व्यक्त गरिन् ।

धाननाच प्रतियोगिताकै लागि धरानबाटै आएका अर्का तेह्रथुमकै जानुका श्रेष्ठले धान नाचले नाच मात्रै होइन पुराना धान नाच्ने साथीहरुलाई समेत भेट गराइदिएको र आफ्नो गाउँठाउँको मेलामा आउँदा पुराना दिन सम्झेर आफू रोमाञ्चित भएको बताइन्। आधुनिक जीवनशैलीले एउटै घरका सदस्यहरुलाई टाढा–टाढा बनाइरहँदा यस्ता संस्कार र सँस्कृतिले भाइचारा र भातृत्वको भावनालाई बलियो बनाउने श्रेष्ठको भनाई छ। आफू नेवार समुदायको भए पनि साथीसंगीको संगतले वैंशमा मेला हाट भर्ने क्रममा पालाम र धान नाच्न सिकेको श्रेष्ठले पालामप्रति आफ्नो बाल्यकाल र युवाकालसंगको साइनो रहेको बताइन्। श्रेष्ठले पालामहरु समेत रेकर्ड गराएकी छन् ।

उमेरमा मेला हाटमा गाएर हिंड्दा सिकेको पालाम अहिले यसरी हुने प्रतियोगितामा प्रस्तुत गर्ने अवसर पाउँदा खुसी लागेको अर्का प्रतियोगी बिर्तामोड या?राक् सयङ समूह, झापाकी सदस्य दुर्गा इङनामले बताइन्। यसरी गरिने प्रतियोगिताले याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाँच र पालामको उन्नयनमा सहयोग पुगेको इङ्नामकाे भनाई छ। उनको समूह प्रतियोगितामा तृतीय बन्यो।

धान नाँच बारे जानकारहरुका अनुसार धाँन नाचको मुन्धुमी आख्यान निकै रोचक छ। मुन्धुम अनुसार परापूर्वकालमा फाङ्भङ्ना नामको चराले घैया धानको बीउ उनीहरुलाई धपाउन नमिल्ने सर्तमा मानिसहरुलाई ल्याएर दिन्छ। त्यसपछि मानिसहरु कृषि युगमा प्रवेश गर्छन्। पछि मानिसहरुले लगाएको बालिहरु दिनहुँ चराहरुले खाइदिन थालेपछि पाकेको धान एकै ठाउँमा भेला गरेर मानिसहरु भेला भई सामूहिक रुपमा वरिपरि घेरा हालेर एक–अर्काको हात समाएर घुम्दै हा.. हा.. भन्दै धान कुल्चिन् थाल्छन्। धान माडेर भण्डार गर्छन्।

चराहरुबाट अन्न जोगाउन मानिसहरुले अपनाएको यहीँ जुक्ति या?लाक् (धान कुल्चनु) को विकसित रुप नै या?लाङ् (धान नाच) भएको जानकारहरु बताउछन्। त्यस्तै चरा धपाउन उनीहरुले प्रयोग गरेको हा .. हा .. बाटै पालाम्को पनि जन्म भएको भनाई छ ।

नगरपालिकाले बुधबार विजेता र उपविजेताहरूलाइ नगद सहित पुरस्कार वितरण गरेकाे छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;