चुलाचुलीमा एकल महिला र अति विपन्न २ परिवारलाई घर हस्तान्तरण

 लिम्बुवान खबर
                       

                            तस्वीरः सञ्जय राईकाे फेसबुकबाट

चुलाचुली।इलामको दक्षिणमा रहेको चुलाचुली गाउँपालिकाले उदाहरणीय कार्यहरु निरन्तर गरिरहेको छ । संसार कोरोना कहरमा रोमल्लिरहेता पनि यस गाउँपालिकाका जनप्रतिनिधि रातदिन जनताको सेवामा निरन्तर खटिरहेको देखिन्छ । पछिल्लो उदाहरणको रुपमा अति विपन्न र एकल महिलालार्ई घर निर्माण गरिदिएर घर हस्तान्तरण गरेको छ ।

आज गाउँपालिका र २ नम्बर वडा कार्यालयको समन्वयमा निर्मित २ वटा घरहरु अति नै बिपन्न बर्ष ७६ को चन्द्र बहादुर दर्जीका श्रीमती मङली माया दर्जी र एकल महिला बर्ष ८७ कि लिला माया तामाङ्गलाई नयाँ घर निर्माण सम्पन्न गरी चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राई र उपाध्यक्ष निर्मला दाहालले घरको चावि हस्तान्तरण गर्नुभएको छ ।

उक्त घर हस्तान्तरण कार्यक्रममा वडा नं. २ का अध्यक्ष रन बहादुर लिम्बु, वार्ड जनप्रतिनिधिहरु, कर्मचारीहरु र टोल बिकास सस्थाका प्रतिनिधिको उपस्थिति रहेका थिए । घर वडा नं. २ का अध्यक्ष रन बहादुर लिम्बुको समन्वयमा निर्माण भएको गाउँपालिका प्रमुखका सोकिय सचिव सञ्जय राईले बताएको छन् ।

सम्बन्धित समाचार

इनिसा विकलाई न्याय माग गर्दै दमकमा विद्यार्थीको प्रदर्शन

दमक, २ चैत्र । इनिसा विकलाई न्याय दिनु पर्ने माग गर्दै झापाको दमकमा विरोध प्रदर्शन भएको छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।...

रास्वपाले ५७ जना समानुपातिक संसदकाे नाम टुंगो लगायाेः आजै आयाेगमा बुझाउँदै

ललितपुर, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको हाे । पार्टी...

नेकपा एमालेले टुंग्गायो १६ समानुपातिक सांसदको नाम

ललितपुर, १ चैत्र । नेपाली कम्यूनिस्ट पाटी (एमाले)ले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले टुंगो लगाएको हो । पार्टी...

संघीयता र पहिचानको आन्दोलन संस्थागत नभए सडकबाट खबरदारी गर्नेः संयुक्त पहिचानवादी मोर्चा

दमक, २९ फाल्गुन । नेपालको बदलिदो राजनीति मार्फत जनताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तन र रुपान्तरणलाई आत्मसाथ गरी स्थिर सरकारको लागि मत जाहेर गरेको भन्दै संयुक्त पहिचानवादी मोर्चाले शुभकामना दिएको छ । मोर्चाका संयोजक...