दमकमा थप ५ जनामा कोरोना संक्रमण, कमलमा ६ जना थपिए

,   लिम्बुवान खबर
                       

दमक । झापाको दमक नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज आएको रिपार्टमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिका क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यसचिब कुबेरप्रसाद भट्टराईका अनुसार एक सय ४४ जनाको रिपोर्टमा ५ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

दमकबाट पठाइएका एक सय ४८ जनाको स्वाबको पीसीआर परिक्षणमा अहिले सम्म एक सय ४४ जनाको रिपोर्ट आएको हो बाँकी ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

 

आज संक्रमण पुष्टि हुनेहरुमा ३ महिला र २ पुरुष रहेका छन् । जसमा वडा नम्बर ६ का २९ वर्षीय र ४५ वर्षीय महिला रहेका छन् । त्यस्तै वडा नंं. ७ का २१ र ५२ वर्षीय पुरुष र वडा नम्बर ८ की ६२ वर्षीया महिला रहेका छन् ।

आज संक्रमण पुष्टि भएका सबै समुदायका स्तरका हुन् । हाल सम्म दमकका १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५६ पुरुष र १३ महिला गरी ६९ जनाले कोरोना जितिसकेको छन्।

त्यसैगरी छिमेकी पूर्वी कमल गाउँपालिकामा पनि ६ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये सबै कमल ३ का हुन् । ४ महिला र २ पुरुषमा संक्रम देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालले जानकारी दिए । कमलमा हालसम्म ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;