भर्खर सिंगापुर लाहुरेसँग विहे गरेकी युवतीकाे रहस्यमय ढंगकाे मृत्यु
बुधबार, २४ भदौ, २०७७ दिउँसोको ०४:०४ बजे,
लिम्बुवान खबर
दमक।धरानमा तीन महिनाअघि मात्र सिंगापुर लाहुरेसँग विवाह गरेकी एक युवतीकाे रहस्यमय ढंगले मृत्यु भएको छ । मृत्यु हुने युवती धरान-११ की २२ वर्षीया साेनी हाङ्मा लिम्बू हुन् ।
गत साेमबार बिहान करिब १० बजे उनले आफ्नै कोठामा रहेकाे पंखामा सलले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।
प्रहरीले मंगलबार बिहान मात्र लिम्बूको शव मुचुल्का उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकाे थियाे ।
मृतक लिम्बूकाे माइतीघर तेह्रथुम हो । माइती पक्षले आफूहरु नआएसम्म शव नउठाउन भनेपछि प्रहरीले साेमबार दिनभर र रातभरि नै घटनास्थलमा सुरक्षा दिएकाे थियाे ।
‘मृतकको माइती पक्ष मात्र आइपुगेकोले प्रहरी त्यही बसेर लाश राखियो, मंगलबार माइती पक्ष आइपुगेपछि मुचुल्का उठाएर लगिएको छ,’ प्रहरी निरीक्षक हेमराज ओलीले भने ।
प्रहरी निरीक्षक ओलीका अनुसार प्रहरी पुग्दा मृतकको शव खाटमा राखिएको अवस्थामा थियो । यद्यपी, आत्महत्या हो कि हत्या हो भनेर अनुसन्धान गरिने उनले बताए ।
‘पहिला आत्महत्या हो कि हत्या हो भनेर हेर्छाै । अरु केही कुरा खुल्यो भने दुरुत्साहन मुद्दा पनि चल्छ,’ प्रहरी निरीक्षक ओलीले भने ।
उनका अनुसार साेमबार बिहान खाना खान बोलाउँदा ढोका नखुलेपछि सबै मिलेर ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा देखेको परिवारले बताएका छन् । ‘प्रहरी घरमा पुग्दा भने शव खाटमा थियो,’ प्रहरी निरीक्षक ओलीले भने ।
मृतक लिम्बू
धरान- ११ का अध्यक्ष बावुलाल लामाले आत्महत्याको खबर पाएपछि आफू पुग्दा शव खाटमा सुतेको अवस्थामा भेटिएको बताए ।
माइती पक्षले आफूहरु नआई केही नगर्नू भनेकोले आज मात्र शवको सुर्चमिन मुचुल्का उठाएको अध्यक्ष लामाले जानकारी दिए ।
‘म पुग्दा लाश खाटमा राखिसकेको थियो, पंखामा सल थियो,’ उनले भने, ‘तेह्रथुमबाट मंगलबार माइती पक्ष आइपुग्याे । उहाँहरुले टर्चर दिएको कुरा पनि गर्नुभयो, के भएको हो बाँकी काम प्रहरीले हेर्नेछ ।’
ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...
दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ...
दमक । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ । दमक नगरपालिका कार्यालय...
ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...