भर्खर सिंगापुर लाहुरेसँग विहे गरेकी युवतीकाे रहस्यमय ढंगकाे मृत्यु
बुधबार, २४ भदौ, २०७७ दिउँसोको ०४:०४ बजे,
लिम्बुवान खबर
दमक।धरानमा तीन महिनाअघि मात्र सिंगापुर लाहुरेसँग विवाह गरेकी एक युवतीकाे रहस्यमय ढंगले मृत्यु भएको छ । मृत्यु हुने युवती धरान-११ की २२ वर्षीया साेनी हाङ्मा लिम्बू हुन् ।
गत साेमबार बिहान करिब १० बजे उनले आफ्नै कोठामा रहेकाे पंखामा सलले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।
प्रहरीले मंगलबार बिहान मात्र लिम्बूको शव मुचुल्का उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकाे थियाे ।
मृतक लिम्बूकाे माइतीघर तेह्रथुम हो । माइती पक्षले आफूहरु नआएसम्म शव नउठाउन भनेपछि प्रहरीले साेमबार दिनभर र रातभरि नै घटनास्थलमा सुरक्षा दिएकाे थियाे ।
‘मृतकको माइती पक्ष मात्र आइपुगेकोले प्रहरी त्यही बसेर लाश राखियो, मंगलबार माइती पक्ष आइपुगेपछि मुचुल्का उठाएर लगिएको छ,’ प्रहरी निरीक्षक हेमराज ओलीले भने ।
प्रहरी निरीक्षक ओलीका अनुसार प्रहरी पुग्दा मृतकको शव खाटमा राखिएको अवस्थामा थियो । यद्यपी, आत्महत्या हो कि हत्या हो भनेर अनुसन्धान गरिने उनले बताए ।
‘पहिला आत्महत्या हो कि हत्या हो भनेर हेर्छाै । अरु केही कुरा खुल्यो भने दुरुत्साहन मुद्दा पनि चल्छ,’ प्रहरी निरीक्षक ओलीले भने ।
उनका अनुसार साेमबार बिहान खाना खान बोलाउँदा ढोका नखुलेपछि सबै मिलेर ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा देखेको परिवारले बताएका छन् । ‘प्रहरी घरमा पुग्दा भने शव खाटमा थियो,’ प्रहरी निरीक्षक ओलीले भने ।
मृतक लिम्बू
धरान- ११ का अध्यक्ष बावुलाल लामाले आत्महत्याको खबर पाएपछि आफू पुग्दा शव खाटमा सुतेको अवस्थामा भेटिएको बताए ।
माइती पक्षले आफूहरु नआई केही नगर्नू भनेकोले आज मात्र शवको सुर्चमिन मुचुल्का उठाएको अध्यक्ष लामाले जानकारी दिए ।
‘म पुग्दा लाश खाटमा राखिसकेको थियो, पंखामा सल थियो,’ उनले भने, ‘तेह्रथुमबाट मंगलबार माइती पक्ष आइपुग्याे । उहाँहरुले टर्चर दिएको कुरा पनि गर्नुभयो, के भएको हो बाँकी काम प्रहरीले हेर्नेछ ।’
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...
दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...
ललितपुर, उपत्यका ब्यूराे । ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने १३ सदस्यीय समिति निर्वाचित भएका...