भाइबुहारीलाई मिलाउनुको सट्टा दिदीले नै डिभोर्स पेपर तयार पारेकी !

 लिम्बुवान खबर
                       

सिंगापुर पुलिससँग तीन महिनाअघि मात्र विवाह गरेकी सुनिहाङ्मा लिम्बूले गत साेमबार धरानमा आत्महत्या गरेकी भनिएकाे घटनामा बारेमा सामाजिक सञ्जालमा अनेक टिप्पणी आइरहेकाे छ । लिम्बूकाे हत्या गरिएकाे हाे कि ? भन्ने काेणबाट पनि धेरै कमेन्ट आएकाे देख्न सकिन्छ ।

यस सन्दर्भमा फेसबुकमा सीता तुम्खेवाले पनि केही प्रश्नसहितकाे कमेन्ट राखेकी छन् । जसलाई हामीले तल राखेका छाै

आत्महत्या कि हत्या ?

१. तलको च्याट सुनिहाङ्माले आफ्नो मामासँग गरेको भन्ने बुझिएको छ । उक्त्त कुराकानीमा उनले दिदिले डिभोर्स पेपर तयार पारिदिएको उल्लेख गरेकी छन् । भाइ बुहारीबिच गडबडी भए सम्झाउनुपर्नेमा उल्टै पेपर तयार पारिदिनु कतिको उचित हो ?

२. सुनिहाङको श्रीमान्ले धेरै अघि बोलेको केटालाई तिमिहरूबिच प्रेम छँदा केके भयो सबै भन् पैसा कति चाहिन्छ दिन्छु भनेको कुरो कतिको सत्य हो ? त्यसैगरी साथीभाइहरूलाई पनि त्यो केटि ह्याँ त्या, एस्तो रैछ तेस्तो रैछ बुझ, म पैसा दिन्छु भनेको कतिको सत्य हो ? यदि सत्य हो भने डेढ बर्षको चिनजानपछी बिहे भएको रैछ त्यो डेढ बर्षसम्म सुनिहाङलाई कसरी बुझेछ त ? र, अब बिहे भैसकेपछी किन चाहियो ।

३. केटाको परिवारले लाहुरे धनी परिवारको छोरी तयार पारिदिएको तर केटाले सुनिहाङलाई बिहे गरेपछि सुनिहाङप्रती राम्रो व्यावहार नभएको भन्ने सुनियो यदि यो सत्य हो भने यो लिम्बू समुदायको पहिलो घटना हो, जहाँ आर्थिक वर्ग नमिल्दाको परिणाम हत्या/मृत्यू हुन पुगेको ।

४. झुन्डिएको अवस्थामा भेटिएकी सुनिहाङलाई ढोका फोरेर निकालिएको भनिएको छ, ढोकाजस्तो कुरा फोर्दाखेरी हेन्डलमात्रै फुत्त निस्कन्छ कि ? भिडियोमा हेर्दा ढोका केइ नभएको पाइयो । प्रत्यक्ष देख्नुहुनेले अझैँ राम्ररी देख्नुभको होला !

५. शरीर तातै भएको कारण प्रहरीलाई खबर गर्न अगावै सुनिहाङलाई झारियो भनिएको सुनियो- त्यसो भने तत्कालै अस्पताल किन लगिएन ?

६. घटना घटिसकेपछी सुनिहाङको फेसबुक प्रोफाइलबाट सबै फोटोहरू डिलिट हानियो भन्ने सुनियो- त्यो कसले र किन गर्यो ?

७. घटना घटेको दिन सुनिहाङले छिनमै फोटो अपलोड गर्ने छिनमै डिलिट गर्ने गरिरहेकी थिइन् भनेर एकजना बैनिले भनिन् – किन त्यसो भैरहेको थियो ? पास्वर्ड दुवैसँग भएको कारण सुनिहाङले अपलोड गर्ने अर्कोले डिलिट गर्ने भएको हो कि ? किनकी सुनिहाङको प्रोफाइलबाट घटना घटिसकेपछी मात्रै फोटोहरू डिलिट भए भनिएको छ ।

यी यावत प्रश्नहरूको चित्तबुझ्दो जवाफ हामीलाई चाहिन्छ । र, यो घटनाको अत्यन्तै मिहिन ढंगले छानवीन होस् साथै दोषी ठहरिएमा हदैसम्मको कारबाही होस् ।

मैले जानेको सुनिहाङ्मा निकै संघर्ष गरेको मान्छे हो । सानोतिनो समस्यामा आत्महत्या गर्ने कायर हैनन् उनी । (सावजर्निक खबर)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...