याक्थुङ् पालाममा उदाइन – सुनिता केदेम लाबुङ्

,   सेसेमी से नाल्बाे
                       

उच्च मनोवल भएकी सुनिताले खेलकूद तर्फ फूटबल, भलिबल र म्याराथुन दौडमा समेत पटक–पटक भाग लिएर बाजी जित्दै आएको नौलो घटना भने होइन । खेलकुद र याक्थुङ लोक छन्दहरुमा सानै देखि रुची भएको सुनितामा विलक्षण प्रतिभा, कला र गला छ । याक्थुङ् सांस्कृतिक माहोलमा हुर्के बढेका जिज्ञासु सुनिताले याक्थुङ् लोक वाङ्मयका ख्याली, पालाम्, हाक्पारे, तुवा, ताम्के र केलाङ जस्ता विधाका गायनमा राम्ररी दक्षता हासिल गरेको पाइन्छ ।

सेसेमी से नाल्बाे

पुस १५ गते २०७६ साल अर्थात ३१ डिसेम्बर २०१९ कादिन चीनको वुआन शहरबाट एउटा रोग देखा प¥यो । जसलाई कोरोना अर्थात् कोभिड–१९ नाम दिए विश्व स्वास्थ्य संगठनले र चाँडै महामारीको रुप लिने समेत घोषणा ग¥यो । नभन्दै केही महिना नवित्दै विश्वभर महामारी कै रुप लियो । आजतक बढ्दो क्रमले विश्व आक्रान्त छ । सबै देशहरु लडकडाउनमा छन् । जसमा नेपाल पनि अछुतो रहेन ।

नेपालमा पनि कोरोना महामारीका कारण गत साल चैत ९ गतेदेखि श्रावण महिनासम्म चार महिना लकडाउन रहेको थियो । त्यहि समय याक्थुङ साक्थिम्मिबा सयङ्ले पहिलो विश्वव्यापी अनलाइन पालाम प्रतियोगिता २०२० आयोजना गरेर लकडाउनको सदुपयोग गरेको थियो । जसमा जम्मा प्रतियोगी ३५२ जनाले सहभागिता जनाएकोमा ताप्लीजोङ्की सुनिता केदेम लाबुङले प्रथम स्थान बाजी मारिन् । उनै उदियमान प्रतिभाको परिचय संक्षेपमा प्रस्तुत छ ।

मेवाखोला, मैवाखोला र तमोरखोलाको संगमस्थल दोभान बजार पूर्व क्षेत्रमा परिचित नाम नै हो । दायाँ–बायाँ मेवा–मैवाखोलाले सिमाना बारेको उत्तरमा हिमाली श्रृङ्खला मुनिको सुन्दर पहाडी काखमा रहेको मेरिङ्देन गा.पा.नं. २ सान्थाक्रा गाउँ छ । यस सान्थाक्राका पूर्णबहादुर केदेम र माइतरानी पालुङ्वाको ३ भाइ छोरा ३ बैनी छोरी मध्ये कान्छी छोरीको रुपमा वि.सं. २०४२ सालमा सुनिता केदेमको जन्म भएको थियो ।

जन्मपछि आमाबुबा, दिदी–दाजुभाइ संगै परिवारिक, संस्कार, संस्कृतिसँग घुलनशिल भएर हुर्कने, बढ्ने वातावरण पाइन । बनको काँडा तिखार्नु पर्दैन भने झैं सुनिता सानै देखि जिज्ञासु र कर्मशिल भएको छिमेकी गाउँले र उसका दौतारी साथीहरु बताउने गर्छन् ।

सानो छँदा घाँस, दाउरा, गोठाला, खेतलाको क्रममा कैयौं उकाली–ओराली धाएका र कठिन परिश्रम गर्न पछि नपरेका सुनितालाई जस्तो सुकै काम कर्तव्य परेपनि आफू संयम भएर धैर्यताका साथ कर्तव्य सम्हाल्ने बानी छ । इमान्दारिता आफनो इज्जत सम्झिने संस्कार छ । यसप्रकारको कर्म र कार्यले समाजमा विश्वासिलो पात्र बन्न सफलता मिलेको पाइन्छ । उच्च मनोवल भएकी सुनिताले खेलकूद तर्फ फूटबल, भलिबल र म्याराथुन दौडमा समेत पटक–पटक भाग लिएर बाजी जित्दै आएको नौलो घटना भने होइन । खेलकुद र याक्थुङ लोक छन्दहरुमा सानै देखि रुची भएको सुनितामा विलक्षण प्रतिभा, कला र गला छ । याक्थुङ् सांस्कृतिक माहोलमा हुर्के बढेका जिज्ञासु सुनिताले याक्थुङ् लोक वाङ्मयका ख्याली, पालाम्, हाक्पारे, तुवा, ताम्के र केलाङ जस्ता विधाका गायनमा राम्ररी दक्षता हासिल गरेको पाइन्छ । ती कुनै पनि विधामा निपुनता प्राप्त गरेर मात्र पनि पुग्दैन सर्जकहरुमा स्वरले पनि साथ दिनु पर्दछ । आवश्यकीय गुणहरुले सुनितालाई राम्ररी साथ दिएको छ । कला त जन्मपछि सिकिन्छ तर गला भने जन्मसिद्ध आएको हुन्छ, त्यो सबैलाई पेवा हुँदैन, सिमित मान्छेमा मात्र अंश परेको हुन्छ, त्यो गला सुनितामा पाइन्छ । संयोग हुनसक्छ । सुनिताको भाग्यले जुराएको र कर्मले जित्नु पहिलो विश्वव्यापी अनलाइन पालाम् गायन प्रतियोगिता २०२० हुनु ।

विलक्ष्ण गलाकी धनी सुनिताको जीवन संघर्ष, लगनसिलता, संयमता, धैर्यताको परिणाम नै महानता हो । महानतामा रचनात्मक र सिर्जनशिलता मिलेपछि सफलता हात लाग्ने हो । यसमा साथ सहयोगको पनि आवश्यकता पर्दछ । परिवारिक वातावरणको पनि ठुलै भूमिका रहेको हुन्छ । नवोदित सर्जक के.वि. किराती (खड्ग लाबुङ)को जीवन संगेनी भएकोले यो उर्वर, उपलब्धीहरु निरन्तर तादाम्यतामा राख्न टेवा पुग्ने छ भन्ने आशा राख्न सकिन्छ । फूङ्लिङ् नगरपालिका वडा नं. ९ हाङ्देवा गाउँ कर्मथलो बनाइ संघर्षरत गला सम्पन्न सुनिता केदेम लाबुङ्को आगामी दिन शुभ रहोस् ।

नोगेन ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;