कम्युनिस्ट आन्दोलन र वर्तमान सरकार कति माक्र्सवादी ?

 सुनिल आङ्बो
कम्युनिस्ट आन्दोलन र वर्तमान सरकार कति माक्र्सवादी ?

-सुनिल आङ्बो

सर्वप्रथम राणाशाही हुकुमी शासनविरुद्ध सम्झौताहिन संघर्ष, देशीय सामन्तविरुद्ध एकाधिकार पुँजिवादी तथा साम्राज्यवादविरुद्ध नयाँ अर्थात जनताको जनवादी गणतन्त्र स्थापना गर्न क.पुष्पलाल, नरबहादुर कर्मचार्य, नारायण विलास जोशी, गोबिन्द वैद्य, मोतीदेवि श्रेष्ठको नेतृत्वमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट २२ अप्रिल १९४९ तदनुसार २००६ साल वैशाख १० गते स्थापना भयो र छोटो समयमा भारतीय कम्युनिस्ट पार्टी, सोभियत संघ, चीन, एसियायी र युरोप देशका कम्युनिस्ट पार्टीहरूबाट नि मान्यता प्राप्त गर्यो ।

कम्युनिस्ट पार्टी स्थापना भएको आधा शताब्दी (७२ वर्ष) भन्दा लामो अन्तरालमा चार जना मिलेर स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी वर्तमान आवस्थामा नेपाल कै सबैभन्दा शक्तिशाली पार्टी भएर उदय भई अहिले सत्ताको बागडोर सम्मालिरहेको छ । र यहाँसम्मको यात्रामा सयौ आन्दोलनको नाम दिएर एकल राज्यव्यवस्था परिवर्तनको लागि परिवर्तन चाहने हजारौं नेपाली जनताले बलिदान दिएको छ र एकात्मक राजतन्त्र राज्यव्यवस्था अन्त्य गरी वि. सं. २०६२–६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधान अनुरूप सम्पन्न संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ साल ज्येष्ठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना गर्यो । गणतन्त्र नेपालको स्थापना भएको १२ वर्ष भएको छ १२ वर्षको समयअवधि भित्र नेपाली काँग्रेस पूर्व नेकपा माओवाद केन्द्र र पूर्व एमाले तीन दलले ९ महिने सरकार बारम्बार चलाए पनि राजनीति अस्थिरको कारण देखाई गणतन्त्र लाई स्थागत गर्न नसकेको भनी दुई ठुला कम्युनिस्ट पार्टी कार्यगत (बाम गठबन्धन) एकता गरि चुनावमा आए र झण्डै दुई तिहाई मत प्राप्त गरि सरकार सञ्चालन गर्दै पार्टी एकतामा पुगेको छ ।

के अब नेपाली जनताले सोचेको गणतन्त्र नेपाल स्थापना भयो त ? के श्रमजीवी मजदुरले श्रमको मूल्य श्रम अनुसार पाईरहेको छ त ? अन्याय र शोषणयुक्त व्यवस्थाको अन्त्य भयो त ? समतावादी वर्गबिहिन समाजको स्थापना भै साम्यवादी व्यवस्थाको सुरुवात भयो त ? सुख, समृद्व, वैज्ञानिक शिक्षा अनि विकासको गुलियो मेवा कति नेपालीले चाख्न पायो त ? माक्र्सवाद, लेनिनवाद र माओलाई आत्मसात गरि समाजवादउन्मुख तिर गयो त कम्युनिष्ट सरकार ?

वास्तवमा नेपाल कम्युनिस्ट पार्टी स्थापना कालदेखि नातावाद व्यक्तिवाद र गैर माक्र्सवादी लेनिनवादी भएको पोलिटब्युरो वैठकबाट क. मनमोहन महासचिवमा नियुक्ति गर्नु २०१३ सालमा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आठौं राष्टिय सम्मेलनमा भाग लिन क.पुष्पलाललाई बाईपास गरि मनमोहनको तीन सदस्य टोली आफु मनपरी गएको पोलिटब्युरो सदस्य समेत नभएको डा.केशरजंग रायमाझ लाई सायक महासचिव आफुखुसी नियुक्ति गर्नु कार्यक्रम तथा कार्यनीति सम्बन्धि विवाद हुदाहुदै एकलौटी (१०१२ को दोस्रो सम्मेलन) राजसंस्थालाई मान्ने र शान्तिको बाटोबाट अगि बढ्ने भनी आत्मसमर्पणवादी पत्र दरबारलाई पठाउनु पहिलो गैर माक्र्सवादी अभ्यास थियो । २०१४ को महाधिवेशनमा पुष्पलाल समुह अल्पमतमा परे डा.रायमाझी हावी भएपछि पार्टी संशोधनवादको दलदलमा फसे र पार्टी शैन्द्वान्तिक रूपमा विचलन भएको निष्कर्ष निकाली जिल्लाले सम्बन्ध विच्छेद गर्यो र अब राणाशाही हुकुमी शासनविरुद्ध होईन पार्टी अन्तरसंघर्षमा चुर्लुम्म डुब्न थाल्यो कारण त्यही अवसरवाद र नातावाद यो जरा अझै गाडिएको छ नेपालको कम्युनिस्ट र कम्युनिस्ट इतर सबै राजनैतिक पार्टीमा । हरेक उतारचढावमा गुज्रन्दै ७० वर्षे लामो कम्युनिस्ट इतिहासमा ७० पटक फुटेर एउटा कीर्तिमान भने बनेको छ नेपाल कम्युनिस्ट पार्टीको ।

इतिहास इतिहासमै छोडौ वर्तमान कम्युनिस्ट सरकारको चर्चा गरौ कल्पना गर्नुहोस त अब अवसरवादी र उग्रवामपन्थी बिचको मिलन कस्तो होला ?

अवसरवादी चिन्तन प्रणालीका कुनै समयको सुप्रीम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ उग्रवामपन्थी धारका खड्कप्रसाद ओली एकता कुनै आमूल परिवर्तन र जनवादी व्यवस्था कायम गर्न नभएर प्रतिक्रियावादी व्यवस्था अन्तर्गत सत्ताको बागडोर बनी ओली–दाहाल हुकुमी व्यवस्था कायम गर्न नेकपाको जन्म गराईयो र वर्तमान समयमा सत्ता सञ्चालन गरिरहेको छ ।

सत्तामा पाईला टेकेको केही समयपछि ओली सरकारले नेपाली जनतालाई झुक्याउन थाले सार्वभौमसत्ताको चरम दुरूपयोग गरेर नेपाली जनताको जीवनयापनको काममा पनि बाधक बन्दै गयो । मुठ्ठीभरका कार्यकर्ताहरूको नियुक्ति, फस्टाउदो भ्रष्टाचार, अपराधी बचाउ र हिटलरी च्याम्बरमा देश समाजवाद उन्मुखको खोल ओडेर बढ्न थाल्यो । जनवादी व्यवस्था र पुजीवादी अर्थशास्त्र वा पुजीवादी राजनैतिक प्रणालीविरुद्ध आफ्ना स्वार्थहरू कायम गर्न माक्र्सवादको दोसल्लाभित्र आफ्नो असली अनुसार लुकाउन थाले तर इतिहासमा देखा परेका दक्षिणपन्थी प्रवृत्तिहरूबाट अछुत रहन भने सकेन । समाजवादको पक्षमा विकासको पक्षमा सम्झौताहिन संघर्षको नीति अपनाएको थियो तर हरेक पक्षमा प्रत्यक्ष अप्रत्यक्ष रूपले दलाल पुजीवादी शक्तिहरूको सेवा गरेको पाईन्छ । माओ भन्छन्ः विकासको प्रक्रिया बाङ्गोटिङ्गो टेढामेडा बाटोबाट अगाडि बढ्छ ठीक उल्टो बिचौलियाको भर्तीकेन्द्रको विकास भएको सुदुर पूर्व ताप्लेजुङ र सुदुर पश्चिम कर्णालीका एकएक जनताले ठम्याउन सक्छन् । निर्वाचनको बेला घोषणा पत्रमा घोषित नारा अन्य राजनीतिक पार्टीहरूप्रति हेर्ने दृष्टिकोण सम्मान र सामान्य भएता पनि तत्कालिन आवस्थामा जनता र प्रतिपक्षीको आवाजलाई शक्तिको नियन्त्रणमा बाँधेर आफ्नो अवसरवादी चरित्रमाथी पर्दा हाल्ने र शान्ति, समृद्धि र समनता प्रदर्शन गर्न माहिर भएको छ । वर्तमान सरकारले सुखी नेपाली र समृद्व नेपालको मुद्दा समाते पनि उनीहरूको व्यवहार कार्यप्रणाली सिद्धान्त वा राजनीतिको नियन्त्रणमा छैन व्यबहार हेर्दा अराजक र स्वेच्छाचारीता देखा परेको छ ।

बाह्यबाट हेर्दा धेरै नै शक्तिशाली जस्तो देखिन्छ तर यो कि भित्रबाट खोक्रो हुँदै गैरहेको छ । यो सरकार एउटा शक्तिको रूपमा उदय भए पनि आजको आवस्थामा साम्प्रदायिक र निरङ्कुश शासनको अभ्यासले पतनको बाटो रोजीरहेको छ यस्ता अराजकतावादी र ब्यक्तिवाद माक्र्सवाद भन्दा बाहिरको बिजातिय कुरो हो । अराजकतावादी ब्यबहारले जनताको तुलनामा केही व्यक्तिहरूको भुमिकालाई महत्त्वपूर्ण र निर्णायत्मक मान्दछ त्यसरी जनताको तुलनामा कुनै व्यक्तिविशेषलाई बढि ध्यान दिने सोचाइ माक्र्सवाद लेनिनवादभन्दा बाहिरको कुरो हो र संसारको सच्चा माक्र्सवादीले त्यस प्रकारको कार्यप्रणालीकोविरोध गर्छन् तर ठिक उल्टो नेकपा सरकारको नेतृत्व सिनियर नेतादेखि (ईश्वर पोख्रेलको सम्धिसम्धि काण्ड)अंगालेको बाटो अवसरवादी चिन्तन प्रणालीको हो । हुँदा हुँदा भन्न थालेको छ कि ओली (दाहाल फगत एउटा व्यक्ति होईन नेपाली राष्ट्र तथा जनताले इच्छाको एबम आकाक्षाहरूको सर्वोच्च सर्वहारा वर्गको कमान्डर हो र यो महान उपलब्धिको रक्षा तथा विकास गर्नु हाम्रो दायित्व हो भनेर व्यक्ति पुजा गर्न थालेको छन् बिचौलियाहरूले । वास्तवमा यो माक्र्सवादी दर्शन होईन प्रतिक्रियावादी सोचाइहरूबाट पैदा भएको विकृति हो । वर्तमान सरकारमा अत्यन्तै बढि पाईएको छ । कम्युनिस्ट सत्तामा देखा परिरहेको व्यक्तिवादी पुजा वा दास प्रवृत्ति भनेको कम्युनिस्ट विचारधाराबाट अलग हुनु हो नेतृत्वले कयौ गलत नीतिहरू अपनाउदा पनि त्यसभित्र विरोध पैदा नहुनु भनेको सरकार कहिल्यै जनताको पक्षमा नहुनु हो ।

वर्तमान सत्ताको निर्देशक भनिएको खड्कप्रसाद ओली दलाल पुजीवादीहरूको मात्रात्मक विकास गरेको (काण्डैकाण्डको सरकार भन्छन्) राष्ट्र अखबार हेरे पुग्छ तर देश समृद्वको बाटो तीब्र गतिमा अघि बढिरहेको र गुणात्मक विकास भैरहेको अतिरञ्जित ढङ्गले प्रचार गर्नु ‘लिनप्याओवाद’ हुन जान्छ माक्र्सवादी तिर होईन ।

वर्तमान सत्ताको निर्देशक भनिएको खड्कप्रसाद ओली दलाल पुजीवादीहरूको मात्रात्मक विकास गरेको (काण्डैकाण्डको सरकार भन्छन्)राष्ट्र अखबार हेरे पुग्छ तर देश समृद्वको बाटो तीब्र गतिमा अघि बढिरहेको र गुणात्मक विकास भैरहेको अतिरञ्जित ढङ्गले प्रचार गर्नु ‘लिनप्याओवाद’ हुन जान्छ माक्र्सवादी तिर होईन । सत्ताभित्र अत्यन्तै विकृति र नाङ्गो रूप बढ्दै सिद्धान्तबाट बिचलित हुँदै गएको छ त्यसभित्रको केही इमानदार माक्र्सवादी लेनिनवादी कार्यकर्ताहरूले वैचारिक संघर्ष द्वारा रोक्न कोशिश गरेता पनि कार्यकर्ताहरूको त्यस प्रकारको चेतनालाई कुण्ठित पार्न नेतृत्वले योजनाबद्ध काम गरिरहेको छ । वर्तमान सरकारले देशलाई भ्रष्टहिन, विकासउन्मुख, समाजवादउन्मुखतिर लैजादै छु भन्नु प्रचारक दरिद्रता र अवसरवादी प्रकृति दिनको उज्यालो झैँ छर्लङ्ग छ । सरकारको चरित्रगत विशेषता यो हो कि वस्तुगत स्थितिको ठोस विश्लेषण गरेर काम गर्दैन त्यसको सट्टामा उनीहरू पपुलिष्ट र उपयोगितावादी सोचाईहरू राख्दछन् र ग्रसित छन् ।

जनता र सरकार एकाअर्कासित घनिष्ठ सम्बन्ध हुनुपर्छ जहाँ निरङ्कुश शासन खडा गर्न खोजिन्छ त्यहाँ सरकारको आधार आफै कमजोर हुँदै जान्छ त्यस अनुरूप वर्तमान सरकारले जनताको स्वशासन, वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक, सांस्कृतिक उत्पीडनको संघीय प्रणाली तथा समानुपात समावेशीकरण र सामाजिक न्यायको मान्यता, दलित, महिला, जनजाति, तराईवासी–मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र एवं उत्पीडित जनताको समानुपातिक समावेशीकरणलाई अवलम्बनको नारा दिएर जाती, धर्म, भाषा, स्थानीय सम्पर्क भाषिक शिक्षा, साँस्कृतिक एबं परम्परागत मान्यता र आत्मनिर्णयको अधिकारमाथि हिन्दु सामन्त एवं ब्राम्हणवादी जातीय अधिकार जबर्जस्त लादेर एकता र विकासलाई आवरोध गर्दैछ । पहिचान र संघीयताको सवाल उठाउने सम्प्रादायिक सद्भाव खलल पार्ने समाज भडुवासम्म भन्दै छन् । वास्तवमा आधुनिक राज्य निर्माणको आधार जाती वा समुदायको पहिचानले बनेको हुन्छ । मानव सभ्यताको इतिहास पहिचानको इतिहास हो जुनसुकै जाती कालागोरा, जनजाति, ब्रामण होस् पहिचान कै वरिपरि घुमिरहेको हुन्छ । नेपालमा पनि विकसित राष्ट्र र राज्य निर्माणका लागि पहिचान सहितको संघीयता अति आवश्यक छ युरोप यही धरातल टेकेर विकास भएको हो । माक्र्सवादको लक्ष्य उत्पीडित जातिको संरक्षण गर्दै राज्य निर्माण गर्नु हो त्यसो गर्दा जातीय विभेदको अन्त्य हुन्छ र अधिकार सम्पन्न भएपछि कुनै वक्ररेखाविहिन सरल रेखामा अगाडि बड्छ लेनिनले ‘राज्य र क्रान्ति’नामक प्रबन्धमा यश बारे विस्तृत सिद्धान्त निर्माण गर्नुभएको छ तर नेपालको सन्दर्भमा भने नेतृत्वमा रहेका कामरेडहरूले पहिचानकोको सवाललाई गैर माक्र्सवादी लेनिनवादी सम्प्रादयिक जातिवादी भन्छन् वास्तवमा पहिचानको मुद्दा माक्र्सवादी लेनिनवादी नै हो । माओले अल्पसंख्यक जनजातिहरूको उचित सम्मान गर र उनिहरूलाई स्वसासनको अधिकार देउ भन्ने निति नै जारी गर्नुभयो माक्र्सवाद लेनिनवादले जातीय समस्यको ब्याख्या विश्लेषण मात्तै होईन यसको ठोस् र बैज्ञानिक सामाधान पनि बताउनु भएको छ । नेकपा पनि पथप्रदर्शक सिद्धान्त त माक्र्सवादी लेनिनवादी र माओवाद नै हो हुन त तर नक्कली । नेकपाको नेतृत्वमा बनेको सरकारले पहिचानको आधारमा प्रदेश नाम नराख्नु माक्र्सवादी लेनिनवादी हुनु भन्ने बुझाई गलत हो लेनिन आफै रुसि जातका थिए तर रुसि जात उत्पिडक जाती हो भन्नुहुन्थ्यो माओ आफै हान जातिका थिए तर हान जाती अहङ्कारी जाती अन्धजातिवादी हो भन्नुहुन्थ्यो र अल्पसंख्यक जातिको स्वसासनको वकालत गर्नु हुन्थ्यो नेपालमा भने उहिले मतवाली अहिले भने तुच्छ जाती भनी सम्बोधन गरिन्छ र यो स्वार्थ अनुसार सामन्त, दलाल, कुलिनतन्त्र पुजीवादी वर्गको बिचमा सत्ता साझेदारीको सम्झौता नभएर के हुन सक्छ ?

गणतन्त्र रक्षाको विषयलाई तुलनात्म रूपले प्रगतिशील बताउदै त्यसले पक्षरोपण गर्ने कम्युनिस्ट सरकारको महारोगले समृद्ध नेपालको लागि गम्भीर समस्या खडा गरेको छ । यो सत्य हो कि आज गणतन्त्रको युगमा ओली बर्तमान सरकारको चरित्रले प्रतिक्रियावादी र हुकुमी (राजा महेन्द्रको पाला)स्वरूप ग्रहण गरेको छ । जनता भन्दा पार्टी, कार्यकर्ता र स्वयम ओली दाहालको रक्षा र विकासलाई प्राथमिक दायित्व भन्ठान्ने र व्यक्तिवादको चरमोत्कर्ष तथा आत्म प्रशंसाको नमुना बन्दै हिडेका छन् । यो आमूल परिवर्तन र सम्पूर्ण आन्दोलन क्रान्तिको प्राधिकार बन्ने महत्वाकांक्षको पराकाष्ठ हो वास्तवमा यो प्रकारको सोचाइले नित्सेको दर्शन वा अराजकतावादी दृष्टिकोणसँग मेल खान जान्छ ।

कुनै आमूल परिवर्तन होईन वास्तविक निम्नस्तरको अन्धराष्ट्रियवादी दृष्टिकोणको परिचय दिदै छन सामान्य पक्षलाई हेर्छन् । विशेषलाई होईन, खाली बाह्य पक्षलाई हेर्छन् । आन्तरिकलाई होईन, आत्मगत पक्षलाई हेर्छन् । वस्तुगत पक्षलाई होईन राजनीति वा राजनीतिशास्त्र राज्य व्यवस्था, सरकार, कानुन, मताधिकार, राजनैतिक पक्ष र सरकारका दलहरू आदि सम्बन्धि अध्ययन गर्ने बिशिस्ट सामाजिक बिज्ञान हो । वर्तमान सरकारले समाजशास्त्र भित्रको विजातिय समाजमा ध्यान नदिएको पाईन्छ देशिय वा ग्रामीण पर्याबरणमा रहेका सामाजिक जीवनका पक्ष माथि रहेका सम्बन्ध, समाजमा रहेको जातिजती पक्ष माथी अवस्थित सम्बन्ध, दमन, अधिकार, पहुँच, सामाजिक साँस्कृतिक सम्बन्ध, समाजमा रहेको जाती जनजाति समुहबिचको सम्बन्ध लिंग तथा क्षेत्रहरूमा के कस्ता भिन्नता र स्तरीकरण विभेद किन र के कस्ता छन् एस्ता बिशेष कुराहरू सुन्न नचाहानु माक्र्सवाद भन्दा अलग कुरो हो ।

नेपाली जनताले सबैभन्दा विश्वास गरि अब बन्ने सरकार जनताको पक्षमा उभिने छ भनि मत दिए पनि भ्रामक दृष्टिकोणबाट अझ उठ्न सकिरहेको छैन रहेछ भन्ने पुष्टि देखिरहेको कर्मकाण्ड र परनिर्भरताले छर्लङ्ग पार्दछ । (नयाँ अनलाइनबाट)

पान्थर लिम्बुवान

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघद्वारा ३ वटा सञ्चारगृहलाई चेतावनीपत्र

काठमाडौं । नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम सहितकाे चेतावनी पत्र पठाएकाे छ ।  महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई माग पुरा नभए...

काेराेना संक्रमणबाट थप २३ काे मृत्यु

दमक। कोरोना भाइरस संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार थप १४३७ जना भने संक्रमण मुक्त भएका छन् । याे सँगै...

चुलाचुलीमा यलम्बरकाे शालिक निर्माण अन्तिम चरणमा

चुलाचुली। ईलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिका २काे स्वामी चोकमा प्रथम किराँत राजा यलम्बर हाङको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रथम किराती राजा यलम्बरकाे पूर्ण कदकाे शालिक निर्माणकाे ९० प्रतिशत काम सकिन लागेकाे निर्माण...

झापामा थप दुइकाे काेराेनाबाट मृत्यु, जिल्लामा मर्नेकाे संख्या १०५ पुग्याे

दमक। झापाकाे दुइ स्थानीय तह विर्तामाेड नपा र शिवसताक्षी नपामा एक–एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ का ७२ वर्षिय गणेशबहादुर कार्की र शिवसताक्षी ९ का ७२...