७ बैंकले सार्वजनिक गरे निक्षेप र कर्जाको ब्याजदर, कुन बैंकको कति ?

 लिम्बुवान खबर
                       

काठमाडौं । ७ वटा वाणिज्य बैंकहरुले बुधबार पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र स्टाण्डर्ड चार्टड बैंकले निक्षेप र कर्जाको ब्याजदर बुधबार सार्वजनिक गरेका हुन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । यो बैंकले मुद्धति निक्षेपमा भने व्यक्तिगत ६ प्रतिशत र संस्थागत ५ प्रतिशतदेखि अधिकतम् ७.२५ प्रतिशतसम्म दिने जनाएको छ । कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम् १.२५ प्रतिशतदेखि अधिकतम् ३.२५ प्रतिशत लिने जनाएको छ । बैंकको असार मसान्तमा बेस रेट ५.८० प्रतिशत रहेको छ ।

यसैगरी एभरेष्ट बैंकले साधारण निक्षेपमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याज दिने बताएको छ । मुद्धति निक्षेपमा भने एभरेष्ट बैंकले ५.५० प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर लिने उल्लेख गरेको छ । एभरेष्ट बैंकको बेस रेट साउन मसान्तसम्म ७.४८ प्रतिशत रहेको छ ।

हिमालयन बैंकले साधारण निक्षेपमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ३ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । उता एनसीसी बैंकले साधारण निक्षेपमा ५ प्रतिशतसम्म र मुघति निक्षेपमा ८.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । कर्जा तर्फ भने एनसीसीले बेसरेटमा २ देखि ५ प्रतितशसम्म प्रिमियम लिने बैंकले जनाएको छ । एनसीसी बैंकको असार मसान्त्सम्म ९.०३ प्रतिशत बेस रेट रहेको छ ।

यसैगरी सनराइज बैंकले साधारण निक्षेपमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म र मुद्धति निक्षेपमा ७.७५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । कर्जातर्फ भने सनराइजले बेस रेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने बताएको छ । सनराइजको असार मसान्त्सम्म ८.९५ प्रतिशत बेस रेट रहेको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुघति निक्षेपमा अधिकतम् ६.७५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । कर्जातर्फ भने स्टाण्डर्ड चार्टड बैंकले बेस रेटमा २ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म प्रिमियम जोडेल लिने बताएको छ । यस बैंकको बेस रेट असार मसान्त्सम्म ७ प्रतिशत रहेको छ ।

बुधबार सार्वजनिक गरिएकोसूचना अनुसार नेपाल एसबीआई बैंकले साधारण निक्षेपमा अधिकतम् ५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । मुद्दति निक्षेपमा भने ७.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । कर्जामा भने एसबीआई बैंकले बेस रेटमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने सूचनामा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...