उपत्यकाका बन्द रहेका सिनेमा घर खुले

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । दोस्रो भेरियन्टको कोरोना संक्रमणबाट बन्द रहेका सिनेमा घरहरु खुलेको छ । वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु बधबारबाट सञ्चालनमा आएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मानेर उपत्यकामा सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै सिनेमा घरहरु संचालनमा आएका छ ।

‘स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने साथै सिनेमा घरहरुले मापदण्ड पालना भए एन नभएको प्रशासनले अनुगमन गर्ने जनाइएको छ ।

विगत साढे ४ महिनादेखि कोरोनाको दोस्रो लहरसँगै बन्द रहेका सिनेमा घरहरुले तत्काललाई नयाँ चलचित्रहरुको अभाव हुनेभएको छ । प्रशासनले हल खोल्ने अनुमति दिएतापनि चलचित्र निर्माहरुले प्रदर्शन मिति तय नगरेको हुँदा हलहरुमा नयाँ चलचित्र प्रदर्शन नहुने देखिन्छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...