दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’को छायांकन शुरु हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १९ भदौं । फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण हुन लागेका दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । चलचित्र ‘रीत’ लिम्बु जातीको भाषा, लिपि र संस्कतिमा आधारित छ भने ‘अञ्जली’ नेपाली भाषा हत्या, हिंसा र अपहरणमा आधारित रहेको निर्माण टिमले जनाएको छ ।

दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले लिम्बु कथानक चलचित्र ‘रीत’को छायांकन ताप्लेजुङ्, पाँचथर, इलाम र धनकुटाको रमणिय स्थलहरुमा हुने जनाइएको छ । यस्तै, ‘अञ्जली’ काठमाडौं उपत्यकाको आसपासमा छायांकन गरिने छ बताए । हाल दुबै चलचित्रको वर्कशप चलिरहेको निर्देशक लिङ्देनले बताए ।

यी दुवै चलचित्रमा कलाकारहरु एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खड्का, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापो लगायतको अभिनय रहने निर्माण युनिटले जनाएको छ ।

मिकहाङ् लिङ्देन र सुदिता लिङ्देनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खड्का, मनी ताम्लिङ, विक्रम पयांगु र दीपक नेपाली रहेका छन् । यि दुवै चलचित्रको कथा निर्देशक तथा कलाकार सागर केरुङ्ले लेखेका छन् ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...