इलाम नगर सभापतिमा सुसेलीको उम्मेद्धारी घोषणा

 लिम्बुवान न्युज
                       

इलाम । इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महादिवेशनमा इलाम नगरपालिका वडा नम्वर ९बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित सुसेलीले इलाम नगरपालिकाको नगर सभापतिमा उम्मेद्धारी घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्वर एकका निवर्तमान उपाध्यक्ष तथा पत्रकार महासंघ इलाम शाखाका संस्थापक सचिव समेत रहेका सुसेली पूर्व सभापति समेत हुन् । उनी २०४५ सालदेखी नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन् । कांग्रेसको लोकतान्त्रिक समाजवादमा निरन्तर यात्रा गरिरहेका सुसेलीको उम्मेद्वारीको इलाममा चर्चा शुरु भएको छ । उनी २०५३ साल देखी नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत रहेर काम गरिरहेका छन् ।

रेडियो नेपालवाणी एफएमका स्टेसन मेनेजर समेत रहेका सुसेली नेपाली कांग्रेसको बिभिन्न उपसमितिमा रहेर सक्रियता जनाउँदै आएका छन् । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले उनलाई कोभिड १९ को इलाम जिल्लाको सूचना संयोजकको पनि जिम्मेवारी दिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय समिति अन्तर्गतको अनुसन्धान तथा अनुगमन उप–समितिको समेत जिम्मेवारी सम्हालेका छन् ।

यस्तैगरी अहिले नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर एकका संयोजक समेत रहेका सुसेली यस अघि स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसको प्रचार समिति संयोजक भएर पनि काम गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...