झापा एमालेमा विद्रोह ७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

 लिम्बुवान न्युज
                       

झापा, २२ भदौ । झापा जिल्ला एमालेको लालकिल्ला मानिन्छ । सोमबारसम्म कुनै जनप्रतिनिधिले नयाँ पार्टी रोज्दैनन् भनेर ठोकुवा गर्दै हिडेका नेकपाका नेताहरुको मंगलबार भने बोलि बन्द भएको छ ।

झापामा १ वडाध्यक्ष सहित ७ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । शिवसताक्षी नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाअध्यक्ष नविन इजमसहित ७ जनप्रतिनिधिले नयाँ दल रोजेका हुन् ।

आज(मंगलरबार) अन्तिम दिन जिल्ला निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन् । समय अझै बाकी रहेकाले यो सङ्ख्या बढन सक्ने एकीकृत समाजवादी निकट प्रेस संगठनका पत्रकार तीर्थ सिग्देलले बताए ।

समाजवादी रोजेर सनाखत गर्नेहरुमा जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य ईश्वरी दाहाल, शिवसताक्षी ७ का वडाअध्यक्ष इजम, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा ६ का वडासदस्य अर्जुन मेचे, अर्जुनधारा ३ का वडासदस्य होम दुलाल र भद्रपुर नपाका ९ का वडासदस्य कुन्जा रुचाल रहेका छन् ।

अन्ततः पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा एकीकृत समाजवादीमा जनप्रतिनिधि निल बनाउन सबैतीरबाट सक्दो कोसिस सफल हुन सकेन् । जानकारहरुको विश्लेषण अनुसार झापामा नेकपा एमालेमा ठूलै विद्रोह हुने सम्भावना रहेको वताउँछन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...