दुई नयाँ दलमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यहरुको सनाखत सम्पन्न

 लिम्बुवान न्युज
                       

काठमाडौं। निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यको सनाखत आज सम्पन्न भएको छ ।

निर्वाचन आयोगले नयाँ दल दर्ता भएको मितिले २१ दिन भित्र निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले नेकपा एमाले र जसपा नेपालबाट छुट्टिई गठन भएको नयाँ दलमा प्रवेश गर्न चाहना राख्नेलाई सनाखत गर्न निर्देशन दिए बमोजिम आज अन्तिम सनाखत सकिएको हो ।

प्रदेशसभाका सदस्यलाई सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गराएको र स्थानीय तहका सदस्यलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा स्वयम उपस्थित भई सनाखत गर्न आयोगले भने बमोजिम व्यवस्था गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन) बमोजिम आयोगले नेकपा एमाले र जसपाबाट अलगिएर बनेका नयाँ दलमा प्रवेश गर्न चाहने जनप्रतिनिधिलाई सनाखतको व्यवस्था गरेको हो ।

जनप्रतिनिधिबाट सनाखत भएको विवरणसहितको प्रमाणित प्रतिवेदन सबै जिल्लाबाट निर्वाचन आयोग जम्मा गरेपछि सबै विवरण सार्वजनिक गरिने आयोगले जनाएको छ । आयोगको अनुसार सबै जिल्लाबाट प्रमाणित प्रतिवेदन आइपुग्न कम्तिमा पाँच सात दिन लाग्न सक्ने जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...