इलाम कांग्रेसमा डम्बर खड्काको उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

इलाम । नेपाली कांग्रेस इलामको अधिवेशन गर्माएको छ । मंगलबार सभापतिका प्रत्यासी युवा तथा सामाजिक व्यक्तित्वको छवि बनाएका नेता डम्बर खड्काले उम्मेद्वारी घोषणा गरेका छन् ।

कांग्रेसको आसन्न १४औं महाधिवेशनमा इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरेर खड्काले जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् । खड्का १३औं महाधिवेशनमा पनि सभापतिमा उठेका थिए । नेता खड्काले जिल्ला सभापतिसहित प्यानलै घोषणा गरेका छन् ।

खड्काको टिमबाट क्षेत्र नम्बर १ को सभापतिमा भीष्म प्रधान र २ बाट मनबहादुर बुढाथोकीले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । प्रदेश निर्वाचन क्षेत्रीय सभापतिमा भने खड्काको टिमबाट उम्मेद्वारी घोषणा हुन बाँकी रहेको सम्मेलनमा बताइएको छ ।

त्यस्तै, स्थानीय तह अन्तर्गत पालिकाहरुमा समेत सभापतिका प्रत्यासीहरुको उम्मेद्वारी घोषणा गरेका छन् । त्यसअतर्गत इलाम नगरपालिकामा अमृतकुमार श्रेष्ठ, सूर्योदय नगरपालिकामा सोनामकाजी लेप्चा, माई नगरपालिकामा हेमराज लिम्बू, सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकामा राजेश देवान, माङसेबुङमा अम्बरबहादुर राईले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।

इलामको १० स्थानीय तह मध्ये अन्य चारवटा पालिकाहरु चुलाचुली, फाकफोकथुम, देउमाई र रोङ्मा सहमतिको प्रयास भईरहेकोले अहिले घोषणा नगरिएको क्षेत्र नं. २ का उम्मेद्वार मानबहादुर बुढाथोकीले बताए ।

प्रत्यासी खड्काले आफूले पहिलो चरणमै सभापति जित्ने दाबी गरे । ‘पहिलो चरणमै ५१ प्रतिशत आउँछ,’ उनले भने, ‘मलाई सभापति चाहने धेरै प्रतिनिधि आएका छन् ।’ इलामका ८१ वडाभध्ये ५२ वडा सभापति आफ्नो आफ्नो पक्षमा रहेको खड्काको दाबी छ ।

१४औं महाधिवेशनमा इलाम जिल्ला सभापतिमा कांग्रेसका चारजना नेताहरु आकांक्षी छन् । खड्कासहित वर्तमान सभापति हिमालय कर्मचार्य, पूर्वसभापति केशव थापा र भेषराज आचार्य सभापतिका आकांक्षी हुन् । बाँकी तीनजनाले भने उम्मेद्वारीको औपचारिक घोषणा गरेका छैनन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...