लिम्बुवान मञ्च कानेपोखरीद्वारा क्रियासिल सदस्यता वितरण आजबाट शुरु

 लिम्बुवान न्युज
                       

कानेपोखरी, २३ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी गाउँपालिकाले संगठनको क्रियासिल सदस्यता वितरण आजबाट शुरु गरेको छ । मञ्चले पालिकाको वडा नं. ३ बाट सदस्यता वितरण शुरु गरेको हो ।

मञ्चका प्रान्तीय उपमहासचिव तथा मोरङ् जिल्ला इन्चार्ज दिल कुमार लावतीको प्रमुख आतिथ्यतामा वडाका ९८ जनालाई क्रियासिल सदस्यता वितरण गरिएको थियो । क्रियासिल सदस्यता वितरण कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य थिर बहादुर लावती, जिल्ला अध्यक्ष दिलु लिङ्देन, जिल्ला सदस्य चेतन माझी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

मोरङ् जिल्लामा लिम्बुवानको राजनीतिक गतिविधि अलि तिब्र पारिएको इन्चार्ज लावतीले दावी गरेका छन् । जिल्ला अधिवेशनसँगै आसन्न ३ वटा चुनावहरुलाई लक्षित गर्दै जिल्लामा कार्यक्रमलाई तिब्रता दिईएको उनले वताए । ठूला पार्टीहरुमा फुट र एक अर्कामा दोसारोपण शुरु भएपछि लिम्बुवान जस्तो पहिचानको पक्षमा वकालत गर्दै समानुपातिक समावेशीताको मुद्दालाई केन्द्रित गर्दै राज्य पुनः संरचनाको पक्षमा उभिएको पार्टी अब जनताको घरघरमा पुगेर आफ्नो मुद्दालाई स्थापित गर्न क्रियासिल सदस्यता वितरणलाई जिल्लामा तिब्रता दिएको बताए ।

यसैगरी, आसन्न मोरङ् जिल्ला अधिवेशनलाई लक्षित गर्दै जिल्लाले सबै स्थानीय तहहरुमा तिब्र रुपमा क्रियासिल सदस्यता वितरण शुरु गरिएको जिल्ला अध्यक्ष लिङ्देनले वताइन् । जिल्ला अधिवेशनमा आउने सबै प्रतिनिधि तथा पर्यवेक्षकहरु स्थानीय तहको वडा समितिबाट सिफारिस भएर आउनु पर्ने भएको हूँदा उनीहरुले अनिवार्य क्रियासिल सदस्यता नविकरण वा लिएको हुने पर्ने वताईन् । क्रियासिल सदस्यता नपाएको व्यक्तिले अधिवेशनको प्रतिनिधि भएर बन्दसत्र हलमा प्रवेश हुन नपाउने अध्यक्ष लिङ्देनले वताईन् ।

स्थानीय नेता मञ्चका प्रान्तीय सदस्य थिरबहादुर लावतीले वार्डमा अरु थप सदस्यहरुलाई पनि सक्रिय सदस्यता वितरण गर्दै लाने बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...