एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका प्रदेश १ का १० सांसदले पायो मान्यता

 लिम्बुवान न्युज
                       

विराटनगर। निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमालेका १० सांसदले दल त्याग गर्दै अर्को पार्टी नेकपा एकीकृत समाजवादी पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ ।

आयोगका निर्णय अनुसार उनीहरुले गत भदौं २२ गते नै प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर नयाँ दलमा सनाखत गरेका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन २०७८) को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १० सदस्यका हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ (२ क) बमोजिम दल त्याग गरेको नमानिने भएको हो ।

आयोगका अनुसार अब प्रदेश नम्बर १ प्रदेशसभामा चौथो दलको रुपमा एकीकृत समाजवादी दलले मान्वयता पाएको छ । एमालेका पाँच प्रत्यक्ष र पाँच समाुनपातिक प्रदेश सदस्यहरुहरुले एकीकृत समाजवादी रोजेका छन् । सदस्यहरु राजन राई, खिनु लङ्वा (लिम्बू), पदम कुमारी गुरुङ, गणेश बहादुर कामवाङ, सुनिताकुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्र प्रसाद घिमिरे र राजेन्द्रकुमार राई अब नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम रहने भएका हुन् ।

अब प्रदेश नम्बर १ मा एकपा एमालेको फुटसँगै वर्तमान मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...