१७ प्रदेशसभा सदस्यले लोसपामा गरेको सनाखतलाई आयोगले दियो मान्यता

 लिम्बुवान न्युज
                       

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा १७ प्रदेशसभा सदस्यले गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

अध्यादेश अनुसार २२ दिन भित्र दल रोज्न दिइएको समय सिमामा १७ जना जसपा सदस्यहरुले लोसपा रोजेका हुन् ।

निर्वाचन आयोगमा लोसपाको पक्षमा सनाखत गरेका १७ प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार उनीहरूलाई लोसपाको प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको हो । अब उनीहरु नयाँ पार्टी लोसपाका प्रदेश सदस्य हुनेछन् ।

आयोगले दिएको जानकारी अनुसार प्रदेश २ बाट जसपाका १६ सदस्य र सुदूरपश्चिम प्रदेशसभाबाट एक सदस्यले लोसपामा सानखत गरेका छन् ।

आयोगका अनुसार जसपा छाडेर लोसपामा सामेल भएका प्रदेश २ का प्रदेशसभा सदस्यहरूमा जितेन्द्र कुमार सोनार, जानकीशरण साह, गौरीनारायण साह, परमेश्वर साह सुडी, निलमदेवी भुमिहारीन, सुरिता कुमारी साह, जयनुल राइन, अलका कुमारी झा, बबिता कुमारी, रमेशकुमार कुर्मी, बाबुलाल साह कानु, डिम्पल कुमारी, प्रह्लाद गिरी गोछामी, उपेन्द्र महतो, अभिराम शर्मा र रानी कुमारी तिवारी रहेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका जसपाका दुई प्रदेशसभा सदस्यमध्ये कृष्णबहादुर चौधरीले लोसपा रोजेका छन् । उनको सनाखत पनि आयोगले अनुमोदन गरेको हुँदा उनी लोसपाका प्रदेश सदस्य बनेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...