‘मुकुम्लुङ् लुङा ए’ पालामको छायाँकन सम्पन्न

 लिम्बुवान न्युज
                       

काठमाडौ । लिम्बू भाषाको पालाम गीत ‘मुकुम्लुङ् लुङा ए’ को म्युजिक भिडियोको छायाँकन सम्पन्न भएको छ । शनिबार काठमाडौंस्थित तारेभीर, गोगर्ण लगायत स्थलहरुमा भिडियोको छायाङ्कन भएको हो ।

यस भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका छन् । त्यसैगरी इन्द्रमाया निङ्लेकुको शब्द, तिर्शना नेम्बाङको लय संकलन, इसाक जबेगुको छायांकन, सुनिता किरातीको शृङ्गार रहेको छ । सुमधुर स्वरका धनी थोक्प्फेला लिङ्देन र पालाममा पछिल्लो समय उदाएका चर्चित सुमन लिम्बुको स्वर रहेको छ ।

पालाममा थोक्फेला लिङ्देन, सुमन लिम्बू, इन्द्र सुशील चोङ्बाङ, शृजना जबेगु, गंगा गियाक, जेपि नेम्बाङ, भिम थेबे, एबि आङ्देम्बे, लोकमायाँ पालुङ्वा, बिना पालुङ्वा, डिगेन्द्र सेर्मा, बिक्रम नुगो, तानाम तान्छो लावती, नरकुमारी सेर्मा, सरिता लावती, बिबस नेम्बाङ् लगायतले अभिनय गरेका छन् ।

पछिल्लो पुस्तामा भाषा संस्कार तर्फ निक्कै नै आर्षण बढेसँगै पालाम तर्फ पनि धेरै गायक गायिकाहरुले आफ्नो आवाज कैद गर्न थालेको निर्देशक तथा लेखक सागर केरुङ् बताउँछन् ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...