हतासको मनोदशा

,   लिम्बुवान न्युज
                       

दक्षिण पूर्व एशियाको  भू-परिवेष्ठित राष्ट्र नेपाल विश्व राजनैतिक मञ्चमा एकाएक चर्चामा आएको छ । विश्व सक्ती राष्ट्र चीन र भारतको केन्द्रमा रहेको राष्ट्र नेपाल पूर्वी एसियामा मात्र होइन वासिङ्टन, बेइजिङ्ग, ह्वाइट हाउस नयाँ दिल्ली र अन्य सक्ती राष्ट्रहरूको चासो र निगरानीको विषय बनेको देखिन्छ । विश्वमा छाएको पुँजीवादी लोकतन्त्र बाद र साम्यवादी निरङ्कुश बाद सिद्धान्तको बीचबाट नेपालले आफुलाई डोर्याउदै आयको छ।असंलग्न परराष्ट्र नीति तय गरेको नेपालले दुवै छिमेकी राष्ट्रको अस्तित्व स्विकार गर्दै कोहीसँग प्रत्यक्ष संलग्न नहुने र कुनै अन्तराष्ट्रिय विवाद आयमा त्यसको मध्यमार्ग नीति अबलम्बन गरेको छ ।

चीन र भारतको बीचमा अवस्थित नेपालले दुवै छिमेकी राष्ट्रलाई रिझाएर उनीहरूको विकास र समृद्धिको फाइदा आफूले लिन सक्नु पर्ने हुन्छ । एउटा विशाल नदीबाट तर्न जसरी नदीमा पुल निर्माण गरिन्छ त्यसरी नै दुई शक्ति राष्ट्रहरूको बीचमा संवाद र मित्रता कायम राख्दै नेपालले राजनैतिक असंलग्न राष्ट्रिय पुलको भूमिका निर्वाह गर्न सक्नु पर्छ ।

नेपाल आदिकालदेखि नै दुवै छिमेकी देसलाई आफ्नो असल छिमेकी को परिचय दिलाउन सफल भइआएको छ । तर सन् २०२० देखि यता नेपालको आन्तरिक मामिलामा छिमेकी देश चीनको संलग्नता र भूमिकामा एकाएक परिवर्तन आयको देखिन्छ । आजै मात्र चीनकी राजदुतले नेपालको राष्ट्रपति भवनमा चीनका राष्ट्रपति सी जीन पिङ् को राजनैतिक मार्गचित्रको व्याख्या र विमोचनले चीनको हतास मनोदशालाई इङकित गर्छ । अहिले चीन सि जिन पिङ्को दर्शनको व्याख्या र प्रचार प्रसारमा केन्द्रित भएको देखिन्छ । दक्षिण पूर्व एशियाको क्षत्रिय संघठन सार्क क्ब्ब्च्ऋ मा आफ्नो उपस्थिति नहुने भए देखिनै चीन कुनै न कुनै रूप, भूमिका, सर्त वा सम्झौताको बहानामा नेपालमा परोक्ष रुपमा उपस्थित हुन चाहान्छ । नेपालका विकासका हरेक परियोजनामा आफूलाई प्रत्यक्ष सहभागी बनाउनु चीनको दक्षिण पूर्व एशिया प्रवेशको रणनीति हुनसक्ने विज्ञहरुको बुझाइ छ । जसरी अमेरिका र युरोपले चीनलाई विश्वको आर्थिक र सामाजिक क्षेत्रबाट एक्लो पार्ने रणनीति लिएका छन् त्यसको प्रतिरक्षा र जवाफी रणनीतिमा चीन नेपाललाई प्रवेश मार्गको रुपमा लिँदै दक्षिण पूर्व एशियामा भारतलाई घेराबन्दी गर्ने रणनीतिमा देखिन्छ ।

चीन “नेपाल, श्रीलङ्का, अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा आफ्नो भूमिका सक्रिय बनाइरहेको देखिन्छ । साना–साना विकासे गतिविधीबाट प्रवेश गर्दै ठूलठूला राष्ट्रिय गौरबका आयोजनामा आफ्नो उपस्थिति देखाउनु चीनको गोप्य वैदेशिक रणनीति हुन सक्ने कुराको अनुमान दक्षिण पूर्व एशियाका जानकारहरूको बुझाइ छ ।

विश्व शक्ति राष्ट्रहरूको स्वार्थबाट विमुख रही आफ्नो राष्ट्रिय अखण्डता स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्दै राष्ट्रिय विकासमा केन्द्रित हुनु नै नेपाल र नेपालीको लागि स्वर्णिम अवसर हुन सक्छ । आदिम कालदेखिको नेपाल भारत सम्बन्धलाई जीवन्त राख्दै सबै शक्ति र छिमेकी देशण्हरुसंग सुमधुर सम्बन्ध कायम राख्नु नै नेपाल र नेपालीको रणनीति हुनु पर्छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;