लिम्बू साँस्कृतिक परिषद ताप्लेजुङको अध्यक्षमा खड्गबहादुर लाबुङ् निर्वाचित

 लिम्बुवान न्युज
                       


ताप्लेजुङ, १७ भदौं । कियाचु लिम्बु साँस्कृतिक परिषद ताप्लेजुङको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । शुक्रबार फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कूलको सभाहलमा सम्पन्न भएको हो ।

अधिवेशनले खड्गबहादुर लाबुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा देउबहादुर साबा, सचिवमा निर्मला खिम्दिङ, सह–सचिवमा कुमार वनेम र कोषाध्यक्षमा बिकास लिम्बू निर्वाचित भएका छन् । यसरी नै सदस्यमा बिबेक लिम्बू र सुसन माबो निर्वाचित भएका छन् ।

राष्ट्रिय चुम्लुङ सदस्य तथा लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय उपाध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य ठाकुर साम्सुहाङ, लिम्बुवान प्रदेश समिती सदस्य धिरमाया इजम, किरात धर्म तथा साहित्यिक उत्थान संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वा, चुम्लुङ जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बो, सरोज कङ्लिबा, सिवा माविका प्रधानाध्यापक ओमनाथ गौतम, जिल्ला खेलकुद विकास समिति अध्यक्ष गणेश माबो, लिम्बु साँस्कृतिक परिषद पान्थर अध्यक्ष डिआर हाङ्सरुम्बा लगायतले शुभकामना राखेका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;