यायाेक्खा झापाकाे स्मारिका विमाेचन

 लिम्बुवान न्युज
                       

किरात राई यायोक्खा झापाले आफ्नो ८औं जिल्ला अधिवेशनको अवसर पारेर ‘किरात राई यायोक्खा झापा नामक स्मारिका प्रकाशन गरेको छ ।

झापामा यायोक्खा स्थापना भएको ३० वर्ष पूरा भई ३१ वर्ष लागेको अवसरमा किराया झापाले जिल्लामा गरिएको गतिविधिसहित किरात राई जातिको मुन्दुम, संस्कार संस्कृति, मातृभाषा, यायोक्खा स्थापनाको इतिहासलगायत विभिन्न विषयवस्तु समावेश गरेर स्मारिका प्रकाशन गरेको हो ।

शनिबार यायोक्खा झापाको ८औं जिल्ला अधिवेशन उद्घाटनसत्रमा यायोक्खा केन्द्रीय उपाध्यक्ष जीवन हाताचो र यायोक्खा संस्थापक उपाध्यक्ष जितमान राईलगायतले संयुक्त रूपमा स्मारिकाको विमोचन गरेका थिए ।

स्मारिकामा समावेश भएका विषयहरुले भावी पुस्तालाई किरात राई समुदायको समग्र विषयमा जानकारी प्राप्त हुने भएकाले यो आफैमा ऐतिहासिक कार्य भएको किरात राई यायोक्खा झापाका निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सदस्य इन्द्रमान चाम्लिङ राईले बताए ।

किरात राई यायोक्खा झापाको स्थापना र त्यसयताका संस्थागत गतिविधिलाई दस्तावेजीकरण गर्न स्मारिका प्रकाशन गरिएको स्मारिका प्रकाशन समितिका संयोजक सुसन राईले जानकारी दिए ।

६ लाख बढी लागतमा तयार गरिएको स्मारिका ३६० पृष्टको रहेको छ । दमक स्रष्टा प्रिन्टिङ प्रेसमा छापिएको स्मारिकाको सम्पादन कमन देवानले गरेका हुन् भने आवरणसहित सम्पूर्ण डिजाइन डम्बर तुम्बापोले गरेका हुन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...