लिम्बुवान मञ्चको केराबारी गाउँपालिका अध्यक्षमा पुरन चेम्जोङ्

 लिम्बुवान न्युज
                       


मोरङ्, सा.लि. । संघीय लोकतान्त्रिक राष्टिय मञ्च सम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल केराबारी गाउँपालिकामा मञ्चको समिति गठन भएको छ । केराबारी १० स्थित जुेनली चोकमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङको प्रमुख आतिथ्यतामा नयाँ समिति चयन गरिएको हो ।

मोेरङ जिल्ला अध्यक्ष जीवन खेवाको सभाध्यक्षतामा भएको सो भेलाले चेम्जोङ्को अध्यक्षतामा २४ सदस्यीय नयाँ समिति बनेको हो । समितिको उपाध्यक्षमा युकेश लिम्बु, सीता लिम्बु र चन्द्रबहादुर आङ्बो, सचिवमा वेगेन्द्र लिम्बु (वेदन) र अर्थसचिवमा जिवन लावती चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा जोन राई, मिलन राई, धीरज थेगिम, सुनिता लिम्बु, बसन्त लिम्बु, विमल लिम्बु, मौसम चेम्जोङ्, केशर चेम्जोङ्, अनिता लिम्बु, डगलसिं लिम्बु, टंकमाया चेम्जोङ्, चेतन मगर, धन बहादुर लिम्बु, रुपेश श्रेष्ठ, विनाकुमारी लिम्बु रहेका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय अर्थसचिव दिलु लिङदेन, पहिचान सदस्य राजकुमार लिम्बु लगायत नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...