शिवसताक्षी १० मा कियाचु दोस्रो वडा अधिवेशन सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, १० असोज । शिवसताक्षी नगरपालिका १० मा किरात याक्थुङ् चुम्लुङ् वडा कार्य समितिको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । शनिवारका दिन सम्पन्न अधिवेशनले बालकृष्ण चेम्जोङको अध्यक्षतामा १३ सदस्यीय वडा कार्य समिति समेत चयन गरेको हो ।

कियाचु शिवसताक्षी नगर अधिवेशन परामर्श समितिका सहसंयाजक तुत्तु शिवकुमार मेन्याङ्वोका अनुसार उपाध्यक्षता सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः कैलश वनेम, अर्जुन योङ्हाङ्, दिलकुमार साँबा र मञ्जु लिम्बु चयन गरेको छ ।

यसरी नै सदस्यहरुमा रवन लिम्बु, फरम नेम्बाङ्, दिलिप लिमबु नेम्बाङ्, सोममाया योङ्हाङ्, शिवराज मावो, केशर हाङ्गाम, सुनिता सिगु र सुष्मा लावती चयन भएको मेन्याङ्बोले बताएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...