शिवसताक्षी १० मा कियाचु दोस्रो वडा अधिवेशन सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, १० असोज । शिवसताक्षी नगरपालिका १० मा किरात याक्थुङ् चुम्लुङ् वडा कार्य समितिको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । शनिवारका दिन सम्पन्न अधिवेशनले बालकृष्ण चेम्जोङको अध्यक्षतामा १३ सदस्यीय वडा कार्य समिति समेत चयन गरेको हो ।

कियाचु शिवसताक्षी नगर अधिवेशन परामर्श समितिका सहसंयाजक तुत्तु शिवकुमार मेन्याङ्वोका अनुसार उपाध्यक्षता सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः कैलश वनेम, अर्जुन योङ्हाङ्, दिलकुमार साँबा र मञ्जु लिम्बु चयन गरेको छ ।

यसरी नै सदस्यहरुमा रवन लिम्बु, फरम नेम्बाङ्, दिलिप लिमबु नेम्बाङ्, सोममाया योङ्हाङ्, शिवराज मावो, केशर हाङ्गाम, सुनिता सिगु र सुष्मा लावती चयन भएको मेन्याङ्बोले बताएका छन् ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...