दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
झापा, १० असोज । पाँच वटा प्रतिनिधिसभा र दश वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार दुई सय ५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् ।
जिल्लामा कूल मतदानस्थल दुई सय ८४ र मतदान केन्द्र सात सय ६६ वटा कायम भएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिएका छन् । उनका अनुसार संघीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ६० हजार दुई सय ३७, महिलातर्फ ६० हजार एक सय ३८ गरेर एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । यो क्षेत्रमा ४५ वटा मतदानस्थल र एक सय ३४ मतदान केन्द्र छन् ।
यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ६६ हजार छ सय ५७, महिलातर्फ ६७ हजार चार सय २९ र तेस्रोलिङ्गी पाँच गरी एक लाख ३४ हजार ९१ मतदाता छन् । यो क्षेत्रमा ४९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।
यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ६६ हजार ६१, महिलातर्फ ६५ हजार तीन सय ७१ गरी एक लाख ३१ हजार चार सय ३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ६७ मतदानस्थल र एक सय ५५ मतदान केन्द्र छन् ।
क्षेत्र नं ४ मा पुरुषतर्फ ६२ हजार २२, महिला ६१ हजार एक सय एक र अन्य एक गरी एक लाख २३ हजार एक सय २४ मतदाता रहेको र ६३ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।
त्यसैगरी क्षेत्र नं ५ मा पुरुषतर्फ ७६ हजार ६७, महिला ७८ हजार २२० र अन्य दुई गरेर एक लाख ५४ हजार दुई सय ८९ रहेको र ६१ मतदानस्थल र एक सय ७६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ मा एक लाख ५४ हजार दुई सय ८९ रहेका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...