हिमाल आरोहणको तयारीमा रहेका झापाली फोटो पत्रकार जोशीलाई महासंघ झापाको झण्डा हस्तान्तरण

 लिम्बुवान न्युज
                       

झापा । झापाका फोटो पत्रकार सरद जोशीले नेपाल पत्रकार महासंघको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने भएका छन् । हिमाल आरोहणका लागि उनी बिहीबार मनाङतर्फ प्रस्थान गर्ने छन् ।

 

पत्रकार महासंघ झापाले (आज) बुधबार बिर्तामोडमा एक कार्यक्रमकाबीच फोटो पत्रकार जोशीलाई महासंघको झण्डा हस्तान्तरण ग¥यो । महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्षहरु गोविन्द चन्द क्षेत्री र कृष्ण हुमागाँईले जोशीलाई महासंघको झण्डा र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरे ।

 

कार्यक्रममा उनलाई खदा पहि¥याएर हिमाल आरोहण सफलताको शुभकामना समेत दिइएकँ थियो । अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु क्षेत्री र हुमागाईले शुभकामना मन्तव्य राखेका थिए । फोटो पत्रकार जोशीले हिमाल आरोहणका लागि पत्रकार महासंघबाट आफूलाई उत्साह र ऊर्जा प्राप्त भएको बताए । तीन इजरायली, एक भारतीयसहित फोटो पत्रकार जोशी उक्त हिमाल आरोहणका लागि प्रस्थान गर्न लागेका हुन् । मनाङको हिमलुङ हिमाल ७१२६ मिटर उचाइको रहेको छ ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य सुरेन्द्र भण्डारी, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, प्रेस सेन्टर झापाका सचिव उद्धव पुरी, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं लगायतको आतिथ्य रहेको थियो । उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

 

सन् २०१४ बाट हिमाल आरोहण शुरु गरेका जोशीले २०७६ मिटर उचाइको मेरा पिक हिमाल, तिलिचो लेक, अन्नपूर्ण वेश क्याम्प, मादि हिमाल बेस क्याम्प, थोराङ्ला पास हिमाल आरोहणको अनुभव संगालेका छन् ।

जोशी फोटो पत्रकारितासंगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि सक्रिय छन् । उनी नेपाल फोटो पत्रकार महासंघ झापाका कोषाध्यक्ष, रोटरी क्लव अफ बिर्तामोड मिट टाउनका सचिव, बिर्तामोड राउण्डटेव – २७ का सदस्य , रोट्रयाक क्लव अफ बिर्तामोड मिटटाउनका चार्टर प्रेसिडेण्ट, डिजनीप्ले स्कूलका प्रिन्सिपल हुन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...