हिमाल आरोहणको तयारीमा रहेका झापाली फोटो पत्रकार जोशीलाई महासंघ झापाको झण्डा हस्तान्तरण

,   लिम्बुवान न्युज
                       

झापा । झापाका फोटो पत्रकार सरद जोशीले नेपाल पत्रकार महासंघको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने भएका छन् । हिमाल आरोहणका लागि उनी बिहीबार मनाङतर्फ प्रस्थान गर्ने छन् ।

 

पत्रकार महासंघ झापाले (आज) बुधबार बिर्तामोडमा एक कार्यक्रमकाबीच फोटो पत्रकार जोशीलाई महासंघको झण्डा हस्तान्तरण ग¥यो । महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्षहरु गोविन्द चन्द क्षेत्री र कृष्ण हुमागाँईले जोशीलाई महासंघको झण्डा र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरे ।

 

कार्यक्रममा उनलाई खदा पहि¥याएर हिमाल आरोहण सफलताको शुभकामना समेत दिइएकँ थियो । अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु क्षेत्री र हुमागाईले शुभकामना मन्तव्य राखेका थिए । फोटो पत्रकार जोशीले हिमाल आरोहणका लागि पत्रकार महासंघबाट आफूलाई उत्साह र ऊर्जा प्राप्त भएको बताए । तीन इजरायली, एक भारतीयसहित फोटो पत्रकार जोशी उक्त हिमाल आरोहणका लागि प्रस्थान गर्न लागेका हुन् । मनाङको हिमलुङ हिमाल ७१२६ मिटर उचाइको रहेको छ ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य सुरेन्द्र भण्डारी, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, प्रेस सेन्टर झापाका सचिव उद्धव पुरी, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं लगायतको आतिथ्य रहेको थियो । उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

 

सन् २०१४ बाट हिमाल आरोहण शुरु गरेका जोशीले २०७६ मिटर उचाइको मेरा पिक हिमाल, तिलिचो लेक, अन्नपूर्ण वेश क्याम्प, मादि हिमाल बेस क्याम्प, थोराङ्ला पास हिमाल आरोहणको अनुभव संगालेका छन् ।

जोशी फोटो पत्रकारितासंगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि सक्रिय छन् । उनी नेपाल फोटो पत्रकार महासंघ झापाका कोषाध्यक्ष, रोटरी क्लव अफ बिर्तामोड मिट टाउनका सचिव, बिर्तामोड राउण्डटेव – २७ का सदस्य , रोट्रयाक क्लव अफ बिर्तामोड मिटटाउनका चार्टर प्रेसिडेण्ट, डिजनीप्ले स्कूलका प्रिन्सिपल हुन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;