दमकका स्रष्टा हेम अधिकारीका तीनवटा कृति एकैसाथ विमोचन

 लिम्बुवान न्युज
                       


झापा, दमक । साहित्यकार हेम अधिकारीका तीन कृति क्रियाको रुप विश्लेषण आधुनिक भाषा विज्ञान, जीवनका गौंडा गल्छेँडाहरु र “उत्तरी ध्रुवतिर टहलिँदा “नियात्रा सङ्ग्रह साहित्य कला संगम दमकको आयोजनामा मेची सहकारीको सभाहलमा बिमोचन कार्यक्रम सम्पन्न भयो ।

प्रमुख अतिथि साहित्यकार चुडामणि बशिष्ठ, विशेष अतिथिहरु र लेखक हेम अधिकारीले संयुक्त रुपमा तीन कृति एकैसाथ विमोचन भयो ।
प्रमुख अतिथि चुडामणिले नेपाली भाषा साहित्यको महत्त्व बारे पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गर्दै जानुपर्ने, भाषा साहित्यतर्फ आकर्षण बढाउनुपर्ने तर्फ जोड दिदै साहित्यकार हेम अधिकारीका यी तीन कृति सबल र सक्षम रहेकोमा जोड दिनु भयो ।

साहित्यकार डा.गंगाप्रसाद अधिकारीले “जीवनका गौडा गल्छेडाहरु” तर्फ टिप्पणी गर्दै कृतिले आंचलिकतामा अडिएर लोपउन्मुख हाम्रा रितिरिवाज स्थानहरुको बारेमा उठान गरेको बताउदै कृतिले नौलो र छुट्टै पहिचान हासिल गर्न सकेकोमा बधाई समेत दिनु भयो ।

उत्तरी ध्रुवतिर टहलिँदा कृति माथी टिप्पणी गर्दै साहित्यकार यज्ञ परिश्रमीले विकास भएमा नारा पनि बिक्ने रहेछ । वास्तविकता र यथार्थ ओझेलमा रहेकोे धरातलमा सुन्दरताको बयान पुस्तक भित्र पाइने तर्क उठाउनु भयो । नेपाल भौगोलिक रूपमा विश्वकै सुन्दर देश भएर पनि विकासका कारण नेपाल भन्दा कम सुन्दर देशहरू अगाडि छन् । उनीहरुको भौगोलिक सौन्दर्य विज्ञापनमा बाचिरहेको यथार्थ पुस्तकभित्र पाइन्छ भन्दै परिश्रमीले लेखकको प्रशंसा गर्नु भयो ।

कार्यक्रममा बाल कवि प्रियतम रिजाल ,कवि देविचरण भण्डारी, साहित्यकार खगिन्द्रा खुसीले लेखकका सिर्जना÷ कविता र गीत प्रस्तुत गरेर कार्यक्रमलाई थप रोमाञ्च बनाएका थिए ।

लेखकको तर्फबाट उहाँकै जेष्ठी सुपुत्री तुलसा अधिकारीले बोल्दै बुवाको लेखन र मेहनतबाट प्रभावित भएको र यसमा आमाको भुमिकाको पनि चर्चा गर्नु भयो । बुबाले समय नपाएर कृति निकाल्न समयमा नसकेको र भावुक हुँदै तुलसाले थप्नु भयो अव उहाका कृतिहरु धमाधम बाहिरिने जानकारी समेत दिनु भयो।

बिन्दु दहाल मूकदर्शकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा ८० भन्दा बढी साहित्यकारहरुको उपस्थितिमा देवीचरण भण्डारी, पुन्यप्रसाद खरेल , राजेन्द्र संग्रौला, तिला लेकाली लगायतका स्रष्टाहरुले लेखकलाई बधाई शुभकामना व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको अन्त्यमा खाजा नास्ता सहित सहभागीहरुलाई मायाको चिनो स्वरुप लेखकले बिमोचित कृतिहरु हस्तान्तरण गर्नु भएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...