प्रदेशको नाम सच्याउन दलले केन्द्रिय सरकार गुहार्‍यो

,   लिम्बुवान न्युज
                       

विराटनगर । कोशी प्रदेशको नामकरण सच्याउन प्रमुख राजनीतिक दलले केन्द्रिय सरकार सँग गुहार मागेको छ । समयमा नै नामकरण नसचिए कोशी प्रदेश जातीय द्वन्द्वमा फस्ने प्रबल सम्भावना रहेकोले अविलम्ब समस्या समाधान तर्फ पहल कदमी लिन कोशी प्रदेश स्तरीय प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले केन्द्रिय सरकार सँग गुहार मागेको हो । नेपाल सरकारको गृहमन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय सुरक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरूले कोशी प्रदेशको नामकरण सच्याउन केन्द्रिय सरकार सँग गुहार मागेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागि रहेको सुरक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले नामकरण नसच्याउने हो भने कोशी प्रदेशमा जातीय द्वन्द्व चरम उत्कर्षमा पुग्ने भएकोले केन्द्रिय सरकारले अविलम्ब पहलकदमी भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिए । पहिचान पक्षधर कोशी प्रदेश नामकरण विरुद्ध असन्तुष्ट छ । र उनीहरूले नामकरण नसच्याउन्जेल सम्म राजनीतिक दलका नेतालाई कोशी प्रदेशमा प्रतिबन्ध लगाउँदै आन्दोलनरत रहेकोले नामकरण सच्याउनु बाहेक अर्को विकल्प नरहेको थापाले बताए ।

कोशी प्रदेश नामकरण गर्दा गम्भिर त्रुटि भएकोले यस्ता त्रुटीलाई अब केन्द्रिय सरकारले मात्रै सच्याउन सक्ने भएकोले केन्द्रिय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने थापाले बताए । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सचिव गणेश उप्रेती, नेकपा एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी, जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेश अध्यक्ष दिपक याख्या, राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश अध्यक्ष राजेश तिम्सिना र राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश सचिव भरत पोखरेलले कोशी प्रदेश नामकरण सच्याउन कार्यक्रममा सहभागि नेकपा माओवादी केन्द्रका नेता उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ समक्ष धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा गृह सचिव दिने भट्टराई सहित नेपाली सेना, सशक्त प्रहरी बल र नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारीको सहभागिता रहेको थियो । २०७९ चैत्र १७ गते तत्कालीन प्रदेश नं. १ प्रदेश सभाको बैठकले १ नं. प्रदेशलाई कोशी प्रदेशमा रूपान्तरण गरेका थिए । कोशी प्रदेशको पक्षमा मतदान गर्ने ८२ सांसदलाई पहिचान पक्षधरले नामकरण सच्याउन दवाव दिई रहेका छन् । र उनीहरूले नामकरण नसच्याए कोशी प्रदेश प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;