प्रदेशको नाम सच्याउन दलले केन्द्रिय सरकार गुहार्‍यो

 लिम्बुवान न्युज
                       

विराटनगर । कोशी प्रदेशको नामकरण सच्याउन प्रमुख राजनीतिक दलले केन्द्रिय सरकार सँग गुहार मागेको छ । समयमा नै नामकरण नसचिए कोशी प्रदेश जातीय द्वन्द्वमा फस्ने प्रबल सम्भावना रहेकोले अविलम्ब समस्या समाधान तर्फ पहल कदमी लिन कोशी प्रदेश स्तरीय प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले केन्द्रिय सरकार सँग गुहार मागेको हो । नेपाल सरकारको गृहमन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय सुरक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरूले कोशी प्रदेशको नामकरण सच्याउन केन्द्रिय सरकार सँग गुहार मागेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागि रहेको सुरक्षा बैठक तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले नामकरण नसच्याउने हो भने कोशी प्रदेशमा जातीय द्वन्द्व चरम उत्कर्षमा पुग्ने भएकोले केन्द्रिय सरकारले अविलम्ब पहलकदमी भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिए । पहिचान पक्षधर कोशी प्रदेश नामकरण विरुद्ध असन्तुष्ट छ । र उनीहरूले नामकरण नसच्याउन्जेल सम्म राजनीतिक दलका नेतालाई कोशी प्रदेशमा प्रतिबन्ध लगाउँदै आन्दोलनरत रहेकोले नामकरण सच्याउनु बाहेक अर्को विकल्प नरहेको थापाले बताए ।

कोशी प्रदेश नामकरण गर्दा गम्भिर त्रुटि भएकोले यस्ता त्रुटीलाई अब केन्द्रिय सरकारले मात्रै सच्याउन सक्ने भएकोले केन्द्रिय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने थापाले बताए । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सचिव गणेश उप्रेती, नेकपा एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्ष बलदेव चौधरी, जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेश अध्यक्ष दिपक याख्या, राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश अध्यक्ष राजेश तिम्सिना र राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश सचिव भरत पोखरेलले कोशी प्रदेश नामकरण सच्याउन कार्यक्रममा सहभागि नेकपा माओवादी केन्द्रका नेता उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ समक्ष धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा गृह सचिव दिने भट्टराई सहित नेपाली सेना, सशक्त प्रहरी बल र नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारीको सहभागिता रहेको थियो । २०७९ चैत्र १७ गते तत्कालीन प्रदेश नं. १ प्रदेश सभाको बैठकले १ नं. प्रदेशलाई कोशी प्रदेशमा रूपान्तरण गरेका थिए । कोशी प्रदेशको पक्षमा मतदान गर्ने ८२ सांसदलाई पहिचान पक्षधरले नामकरण सच्याउन दवाव दिई रहेका छन् । र उनीहरूले नामकरण नसच्याए कोशी प्रदेश प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...