चलचित्र ‘चे’ काे फस्ट लुक सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, २७ भदाैं । चलचित्र निर्देशक तथा कलाकार सागर केरुङ निर्देशित चलचित्र ‘चे’ को फस्ट लुक सार्वजनिक भएको छ ।याक्थुङ फिल्मस प्रा.लि.  को फेसबुक पेजबाट चलचित्र चे को पोस्टर पहिलो पटक सार्वजनिक गरिएको हो ।

चलचित्र ‘चे’ मा लिम्बु याक्थुङहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् ? भन्ने कथा प्रस्तुत गरिएको निर्देशक केरुङ्ले बताउनुभयो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई ‘चे’ को रुपमा चित्रण गरिएको छ । आधुनिक विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलको अवसानपछि याक्थुङ समुदायमा चे/लास नै प्रमुख समस्याको रुपमा कथामा उभ्याईएको छ ।

पान्थरको फिदिम नगरपालिका र फालेलुङ् गाउँपालिकाका विभिन्न  क्षेत्रमा छायांकन गरिएको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रकाे लेखक/निर्देशक/निर्माता सागर केरुङ स्वयम रहेका छन्  । चलचित्र युबराज राइले चलचित्र खिच्नुभएको हो । निर्माता इन्दु फोम्बो, सवु लिम्बु थाम्सुहाङ रहनुभएका छन् भने कला निर्देशक उदय बेघा, शृङ्गार अमृता जवेगु छन्, सहायक निर्देशक राजु घिमिरे, सहायक छायाँकार – रमेश सुनुवार रहेको चलचित्रमा निर्देशक केरुङको गीत तथा  बुद्धराज लिम्बुको संगित रहेको छ ।

गीतमा स्वर इन्दु फोम्बोले भरेका छन् । चलचित्र  राष्ट्रिय/अन्तराष्ट्रियस्तरमा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;