नाटक मुक्कुमलुङ शिल्पी थिएटरमा मञ्चन हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, ३० भदौं । डा. चित्र माबोको कथा संग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुनेभएको छ । आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक नाटक मञ्चन हुने भएको हो ।

प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गरेकोे मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी छन् भने स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ ‘केवाफुङ’ रहेका छन् ।

नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमिला राई, प्रयास वान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बु, युवाहाङ राई, स्मृति कुलमर, उज्वल वान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बु, हिरन राई लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।
यसैगरी उक्त नाटकको संजित थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सन्जिव योगीको लाइट डिजाइन रहेको छ ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षसमेत रहेका डा. चित्र मावोको कथासंग्रह डोलीभर्ना केही समयअघि सांग्रीला बुक्सले बजारमा ल्याएको थियो । पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यहा बसोबास गर्ने लिम्बू याक्थुङ समाजको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयहरुमा लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित छ ।

मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रुपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभरा नाम रुपान्तरण गरेर हिन्दुकरण गरिएको छ । का नामले प्रसिद्ध छ । नामाकरण परिवर्तनसँगै लिम्बु याक्थुङहरुको मौलिक सांस्कृतिक मुन्धुमी स्थलमाथिको अतिक्रमण शुरु हुँदै यतिवेला पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

केवलकार खारेजी संघर्ष समिति, प्रदेश नंं १ पुनः नामाङकन संयुक्त संघर्ष समिति लगायत दर्जनौं संघसंस्था पहिचानवादी पार्टीहरुले मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् । त्यस क्षेत्रको सम्पदा, प्राकृतिक जैविक विविधता, हिमाली जिव जन्तु लगायत त्यस क्षेत्रका आम नागरिकको रोजीरोजी समेत निजी कम्पनीले छिन्ने भन्दै आन्दोलन अघि बढाइएको स्थानीयहरुको भनाई रहेको छ ।

 

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...