दमक, ६ असाेज । द भ्वाइस अफ किड्स सिजन १ बाट उदाएकी वाल प्रतिभा रुक्साना लिम्बू र द भ्वाइस अफ किड्स सिजन ३ बाट बाल प्रतिभाका रूपमा उदाएका आलव मेन्याङबो लिम्बूको आवाजमा सजिएको नयाँ गीत ‘फूलको डाली छानी छानी’ सार्वजनिक गरिएको छ ।
डी पी खनालको शब्द र रोशन वालुवाको संगीतमा अत्यन्तै कर्णप्रिय स्वरमा सजिएकाे उक्त गीत ‘फूलको डाली छानी छानी’ दिप्सन लिम्बू(दिलन) अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
रोशन वालुवाको संगीत संयोजनमा मिक्सिङ र मास्टरिङ समेत वालुवाकै रहेको गीतलाई स्टुडियो २१ मा रेकर्ड गरिएको हो ।
याक्थुङ युवा मञ्च जिल्ला कार्य समिति काठमाडौंको प्रस्तुति रहेको भिडियो भने दामी क्रिएशनले तयार पारेको हो ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...