दमक, ६ भदाैं । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१’ दोस्रो चरणको कार्यक्रम शुरू गरेकाे छ ।
असोज ५ शनिबार देखि दाेस्राे चरणकाे अभियान शुरू गरेकाे हाे । धनकुटा सदरमुकाममा अायाेजित उक्त कार्यक्रममा संयाेजक डकेन्द्र सिंह थेगीम, नेपाल जनमुक्ति पार्टीका सचिव एल बी पालुङवा, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य नन्द याम्फू, किरात राइ यायाेक्खाका महासचिव भिम राइ लगायत नेताहरूले मन्तव्य राखेका थिए ।
कोशी नाम खारेजी मुख्य एजेण्डा बाेकेर अान्दाेलिन संघर्ष समितिले आगामी मंसिर २ गते विराटनगरमा व्यापक जननप्रदर्शनपछि नयाँ चरणको आन्दोलन थाल्ने घोषणा गरेको छ ।
सोही प्रदर्शनलाई प्रभावकारी बनाउने उदेश्यले दुई चरणमा अभियान गरिरहेका छन् । पहिलोचरणको अभियान झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम समापन भएको छ ।
सो जिल्ला भ्रमणको समीक्षापछि दोस्रो चरणको अभियान सुरुहुन लागेको अभियानको संयोजक डकेन्द्रसिंह थेगिमले बताए । पहिलो चरणको अभियानमा वैचारिक प्रशिक्षण सफल भएको समीक्षा भएको छ ।
दोस्रो चरणको अभियान असोज ५ गते धनकुटामा सुरु भएर ६ गते संखुवासभा, ८ गते भोजपुर, ९ गते खोटाङ, ११ गते सोलुखुम्बु, १२ गते ओखलढुङ्गा, त्यसैगरी सुनसरी र उदयपुरमा पनि दशै र तिहारकाे विचमा कार्यक्रम हुने संघर्ष समितिको वितरित पर्चामा उल्लेख छ ।
अभियानमा डकेन्द्रसिंह थेगिम लगायतका घटकमा आबद्ध संस्थाका नेताहरु सहभागीहुने बताइएको छ । यायोक्खाको तर्फबाट उपाध्यक्ष जनक राई, तिलकप्रसाद राई, युवराज राई, महासचिव भीम राई, सचिव नगेशचन्द्र राई, जसपाको तर्फबाट सोलुखुम्बु र ओखलढुङ्गा आङकाजी शेर्पा, रमेश राई, जसपा नेपालको तर्फबाट दीपक याक्खा, पार्बती राई लगायतका नेताहरु सहभागीहुने सो संगठनका संजय राईले बताए ।
किरात याक्थुङ चुम्लुङ, पहिचानसहितको प्रदेश नं. १ अभियान समिति, संघर्ष समितिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति पार्टी नेपाल, पहिचानवादी मोर्चा, नेपाल आदिबासी जनजाति महासंघ, नागरिक उन्मुक्ति पार्टी लगायतका नेता तथा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुने किराया उपमहासचिव अर्जुन जम्नेली राइले बताए ।