अविरण बर्षाले हालसम्म १०० को मृत्यः ६७ जना बेपत्ता र १०१ जना घाइते

 लिम्बुवान न्युज
                       


ललितपुर, १३ असोज । तीन दिनको अविरल बर्षाको कारण बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । यस्तै प्राप्त जानकारी अनुसार ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रेमा १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ भने दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

अविरण बर्षाले गएको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि दशौं हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयले हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको जनाएको छ ।

गृहमन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै काठमाडौं उपत्यकामा क्षति भएको जनाएको छ । देशको सबै मार्गहरु क्षति भएको हुँदा बाटोमा कति पुरिएर हराईरहेका हुँदा त्यसको खोजतलास भईरहेको बताइएको छ ।

देशका मुख्य नदीहरु सप्तकोशी, नारायणी, बाग्मती, गण्डकी लगायत सबै नदीहरुले सतह पार गरी धनजनको ठूलो क्षति भएको हुँदा के कति क्षति भयो यसको विवरण अझै आउन बाँकी रहेको गृहमन्त्रालयले जनाएको छ । साथै लामो यात्रा नगर्न समेत मन्त्रालयले सबै महानुभावहरुमा अनुरोध गरेको छ ।

यसैगरी शिक्षा मन्त्रालयले एक सूचना जारी गर्दै तीन दिनसम्म विद्यालय तथा क्याम्पसहरु बन्द गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...