सानुसा लाओतीलाई उपचार सहयोग रकम हस्तान्तरण

,   लिम्बुवान न्युज
                       

दमक। पापोहाङ् लाओती सयङ् चुलाचुली गाउँपालिका समितिले मुटु र दुवै मृगौला पिढीत पाँचथर मिक्लाजुङ् ५ निवासी सानुसा लाओतीलाई ४० हजार ८ सय साठी रुपैयाँ आर्थिक सहयोग झापाको दमकमा एक कार्यक्रम गरी गरि हस्तान्तरण गरेको छ ।

सयङका अध्यक्ष रत्न लाओती र चुलाचुली १ नं. वार्डका वडाध्यक्ष पूर्ण लाओतीद्वयले सो रकम हस्तान्तरण गरेका हुन् । सो रकम चुलाचुलीका लाओतीबन्धुहरुबाट संकलन गरिएको वडाध्यक्ष पूर्ण लाओती (ध्रुब)ले बताए । पाँचथरको मिक्लाजुङ् ५ देखि अध्ययनको क्रममा झापा दमकमा बस्दै आएकी विद्यार्थी सानुसा लाओती अचानक करिब ६ महिना अगाडि देखि विरामी भई मुटु र दुवै मृगौलामा खराब देखिएपछि हाल विराटनरको नोवल अस्पतालमा उपचाररत छिन् ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार विभिन्न संचार माध्यमहरुबाट प्रकाशन प्रचारण भएपछि वहाँको उपचारमा हालसम्म करिब १४ लाख रकम जुटाईएको सहजकर्ता गगन लाओतीले बताए । निरन्तर अस्पतालको निगरानीमा औषधी खाईरहेकी विरामीको स्वास्थ्य सुधारन्मोख भईरहेको लाओतीले बताएका छन् । कोरोनाका कारण थप उपचारको निमित्त राम्रो अस्पतालमा जान ढिलाई भएतापनि आर्थिक सहयोग जुट्ने क्रम भईरहेको हुँदा दशैं पछि चाडैं ठूलो अस्पतालमा लगि उपचार गरिने लाओतीले बताएका छन् ।

त्यसैगरी उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा पापोहाङ् लाओती सयङ् झापा जिल्ला समितिका लिला लाओतीबाट ४ हजार ५ सय रुपैयाँ रकम समेत विरामी सानुसालाई प्रदान गरेकाे छ । उक्त कार्यक्रममा संघीय लिम्बुवान मञ्च, नेपालका सचिव धनराज सुब्बाको समेत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;