दमक। पापोहाङ् लाओती सयङ् चुलाचुली गाउँपालिका समितिले मुटु र दुवै मृगौला पिढीत पाँचथर मिक्लाजुङ् ५ निवासी सानुसा लाओतीलाई ४० हजार ८ सय साठी रुपैयाँ आर्थिक सहयोग झापाको दमकमा एक कार्यक्रम गरी गरि हस्तान्तरण गरेको छ ।
सयङका अध्यक्ष रत्न लाओती र चुलाचुली १ नं. वार्डका वडाध्यक्ष पूर्ण लाओतीद्वयले सो रकम हस्तान्तरण गरेका हुन् । सो रकम चुलाचुलीका लाओतीबन्धुहरुबाट संकलन गरिएको वडाध्यक्ष पूर्ण लाओती (ध्रुब)ले बताए । पाँचथरको मिक्लाजुङ् ५ देखि अध्ययनको क्रममा झापा दमकमा बस्दै आएकी विद्यार्थी सानुसा लाओती अचानक करिब ६ महिना अगाडि देखि विरामी भई मुटु र दुवै मृगौलामा खराब देखिएपछि हाल विराटनरको नोवल अस्पतालमा उपचाररत छिन् ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार विभिन्न संचार माध्यमहरुबाट प्रकाशन प्रचारण भएपछि वहाँको उपचारमा हालसम्म करिब १४ लाख रकम जुटाईएको सहजकर्ता गगन लाओतीले बताए । निरन्तर अस्पतालको निगरानीमा औषधी खाईरहेकी विरामीको स्वास्थ्य सुधारन्मोख भईरहेको लाओतीले बताएका छन् । कोरोनाका कारण थप उपचारको निमित्त राम्रो अस्पतालमा जान ढिलाई भएतापनि आर्थिक सहयोग जुट्ने क्रम भईरहेको हुँदा दशैं पछि चाडैं ठूलो अस्पतालमा लगि उपचार गरिने लाओतीले बताएका छन् ।
ललितपुर, ३० भदौं । डा. चित्र माबोको कथा संग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुनेभएको छ । आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबारबाहेक नाटक मञ्चन हुने भएको हो...
ललितपुर, २९ भदौं । भक्तभुर सुर्यविनायक नगरपालिकास्थित कटुन्जेमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । आसमती साम्सोहाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य तथा...
दमक, २९ भदौं । नेपालकै सबैभन्दा ठूलो सुपरचेन भाटभाटेनी सुपरमार्केटमा संचालित रेष्टुरेण्टमा अखाद्यय सामग्री पाइएको छ । हेर्दा चटक्क परेको टल्किएको यो फूट कोर्टमा सजिएको चौविसैघण्टा एसी चलाइएको छ । आकर्षक रुपमा सजाइएको कुर्सी, टेवल...
दमक/ ईसाई समाज दमकले दमकमा आयोजना गरेको प्रदेशस्तरीय अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ इसाई समाज पाँचथरले जितेको छ । शुक्रबार सम्पन्न दोस्रो संस्करणको सो फुटसल प्रतियोगिताको फाइनलमा धरान इसाई समाजलाई पेनाल्टीमा हराउँदै मिक्लाजुङले उपाधि...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
ईमेल
Limbuwan.khabarnews@gmail.com
विज्ञापन शाखा
९८४४६५८८४४
हाम्रो टीम
प्रवन्ध निर्देशक/प्रधान सम्पादक
दिल कुमार लावती
९८४४६५८८४४/९८२४०१२१८२